ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : ३५   बजे

काठमाडौं । उत्तर कोरियाले बिहीबार १० वटाभन्दा बढी छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ।

दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक संयुक्त सैन्य अभ्यास अन्तिम चरणमा पुगेका बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो। दक्षिण कोरियाली संयुक्त चिफ्स अफ स्टाफका अनुसार मिसाइलहरू समुद्रतर्फ करिब ३०० किलोमिटर दूरीसम्म पुगेका थिए।

उत्तर कोरियाको मिसाइल प्रहारपछि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले आपत्कालीन सुरक्षा बैठक बोलाएको थियो। बैठकमा रक्षा मन्त्रालय तथा सेनाका अधिकारी सहभागी भएका थिए।

दक्षिण कोरियाले उत्तर कोरियाको पछिल्लो कदमको आलोचना गर्दै सेनालाई पूर्ण रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै, मिसाइल प्रक्षेपणलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन भन्दै यस्ता गतिविधि तत्काल रोक्न उत्तर कोरियालाई आग्रह गरेको छ।

उत्तर कोरियासँग ८० देखि १२० आणविक हतियार रहेको अनुमान

यसैबीच, दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियार क्षमताबारे नयाँ अनुमान सार्वजनिक गरेको छ।

दक्षिण कोरियाका विदेशमन्त्री आह्न ग्यु–ब्याकले सांसदहरूलाई जानकारी दिँदै उत्तर कोरियासँग करिब ८० देखि १२० वटा आणविक हतियार रहेको अनुमान गरिएको बताएका छन्। यद्यपि, उत्तर कोरियासँग वास्तविक रूपमा कति आणविक हतियार छन् भन्ने यकिन गर्न कठिन रहेको उनले स्पष्ट पारे।

उनका अनुसार उक्त संख्या निजी अनुसन्धान संस्थाहरूले गरेका अनुमानमा आधारित हो। दक्षिण कोरियाली सेनाले भने यी तथ्यांकलाई आधिकारिक रूपमा पुष्टि गर्न नसक्ने उनले बताए।

उत्तर कोरियाले पछिल्लो समय आणविक तथा मिसाइल कार्यक्रमलाई निरन्तर विस्तार गर्दै आएको छ। उसले आणविक हतियारसँगै ती हतियारलाई लक्षित क्षेत्रमा पुर्‍याउन सक्ने विभिन्न प्रकारका ब्यालिस्टिक मिसाइल विकास गरिरहेको छ।

ट्रम्पको फरक दाबी

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग ५७ वटा अत्यन्त शक्तिशाली आणविक हतियार रहेको दाबी गरेका थिए। ट्रम्पले यसै वर्ष किमसँग पुनः भेटवार्ता गर्ने सम्भावनासमेत व्यक्त गरेका छन्।

उत्तर कोरियाको आणविक हतियारको वास्तविक संख्या सार्वजनिक रूपमा पुष्टि हुन नसके पनि दक्षिण कोरियाको पछिल्लो अनुमानले प्योङयाङको आणविक क्षमता यसअघि सार्वजनिक भएका केही अनुमानभन्दा ठूलो हुन सक्ने देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu