काठमाडौं । काठमाडौंको बाँसबारीमा रहेको साढे दुईतले घर बिहीबार साँझ भासिएको छ। काठमाडौं महानगरपालिका–३ स्थित उक्त घर साँझ करिब ८ बजे भासिएको महानगरपालिकाले जनाएको छ।
वर्षाका कारण पुरानो संरचना कमजोर बन्दै गएपछि घर भासिएको प्रारम्भिक अनुमान गरिएको छ। उक्त भवनमा न्यु गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो।
महानगरपालिकाका अनुसार घटना हुँदा घर खाली रहेकाले मानवीय क्षति भएको छैन।
घटना लगत्तै महानगरको टोली पुगेको थियो
भदौ ४ गते साँझ भएको घटनापछि काठमाडौं महानगरपालिकाको टोली घटनास्थल पुगेर स्थलगत अनुगमन गरेको थियो।
पुरानो संरचना र लगातारको वर्षाका कारण भवन कमजोर बनेर भासिएको हुन सक्ने महानगरपालिकाको प्रारम्भिक निष्कर्ष छ। आसपासका संरचनाको अवस्था तथा थप जोखिमबारे समेत अनुगमन भइरहेको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्