काठमाडौं । जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
जिल्लाको नलगाड नगरपालिका–७, दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बिहीबार साँझ करिब ६ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। नलगाड नगरपालिका–९, ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो।
दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहराको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा नलगाड नगरपालिकाकै २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।
फरार चालक नियन्त्रणमा
दुर्घटनापछि जीप चालक नलगाड नगरपालिका–८, हलचौर निवासी २४ वर्षीय विनबहादुर विक फरार भएका थिए। प्रहरीले उनलाई राति नै नियन्त्रणमा लिएको जनाएको छ।
घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्