ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलंकीमा खुल्यो ‘द डिभाइन डान्स स्टुडियो’, मिस पबीले गरिन् जुम्बा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ११ : १५   बजे

काठमाडौं । कलंकीस्थित स्युचाटारमा बिहीबार साँझ ‘द डिभाइन डान्स स्टुडियो’ सञ्चालनमा आएको छ। नायिका मिस पबीले रिबन काटेर स्टुडियोको औपचारिक उद्घाटन गरेकी हुन्।

उद्घाटनपछि मिस पबी स्टुडियोका प्रशिक्षार्थीसँगै जुम्बामा सहभागी भइन्। महिला तथा बालबालिकासहितको सहभागिता रहेको कार्यक्रममा उनको उपस्थितिले थप उत्साह थपेको थियो।

नायिका पबीले आफू पनि नियमित रूपमा जुम्बा गर्ने बताउँदै यसले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि फाइदा पुग्ने बताइन्।

‘जुम्बा भनेको नाच मात्रै होइन, शरीरलाई सक्रिय राख्ने रमाइलो माध्यम पनि हो। म आफैँ पनि जुम्बा गरिरहेको छु। स्वास्थ्यका लागि पनि यो निकै राम्रो लाग्छ,’ उनले भनिन्।

स्वास्थ्यसँग जोड्दै नृत्य

स्टुडियोका सञ्चालक भरत बरालले सबै उमेर समूहलाई लक्षित गर्दै नृत्य र जुम्बामार्फत स्वास्थ्य तथा मनोरञ्जनलाई जोड्ने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको बताए।

उनका अनुसार नृत्यलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्वास्थ्य, शारीरिक सक्रियता र आत्मविश्वाससँग जोड्ने उद्देश्य रहेको छ।

स्टुडियोमा महिला, बालबालिका तथा अन्य उमेर समूहका लागि सहज वातावरणमा नृत्य र जुम्बा सिकाइने बरालले बताए। स्वस्थ जीवनशैलीप्रति आकर्षण बढाउने गरी विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिने उनको भनाइ छ।

उद्घाटन समारोहमा मिस पबीले स्टुडियोका प्रशिक्षार्थीसँग जुम्बा गरेपछि कार्यक्रम थप आकर्षक बनेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

रास्वपा केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

सम्बन्धित

‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा, प्रियंका कार्कीको निर्माणमा डेब्यु

उपासना र बिक्कीको ‘डियर काव्या’ घोषणा, मंसिरबाट छायांकन

आजदेखि जमलमा तीनदिने ‘लोकदोहोरी मेला’, चलचित्र र लोकसंगीतका चर्चित कलाकारको जमघट

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी–भाइको भावनात्मक सम्बन्धमा केन्द्रित

पाकिस्तानी टिकटकर एलिजे जमाली आफ्नो इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि भावुक

फिल्म ‘आशा’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu