ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपासना र बिक्कीको ‘डियर काव्या’ घोषणा, मंसिरबाट छायांकन


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ११ : २५   बजे

काठमाडौं । चलचित्र ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ। निर्माण टोलीले ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो।

चलचित्रमा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा रहनेछन्। बिक्कीका लागि ‘डियर काव्या’ डेब्यु चलचित्र हो। यसअघि उनी म्युजिक भिडियो तथा विज्ञापनमा देखिँदै आएका थिए।

सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। बिक्कीको घाँटीमा रहेको गलबन्दी उपासनाले तानेर उनलाई आफूतिर नजिक ल्याएको दृश्य पोस्टरमा देखिन्छ।

पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज सहर र कर्णाली पुलसमेत देखाइएको छ। यसले चलचित्रको कथा नेपालगन्ज तथा आसपासको क्षेत्रसँग जोडिएको हुनसक्ने संकेत गरेको छ।

मंसिरबाट छायांकन

श्रद्धा प्रसाईंले निर्देशन गर्ने चलचित्रको छायांकन आगामी मंसिरबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। छायांकनका लागि आवश्यक तयारी पूरा भइसकेको पनि जनाइएको छ।

चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगरलगायत कलाकारको समेत अभिनय रहनेछ।

निर्माण टोलीले मुख्य कलाकारसहित अनुभवी कलाकारहरूको सहभागिताले चलचित्रको कथालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको विवाद अदालत होइन, संवादबाट समाधान हुनुपर्छ : प्रदीप पौडेल

 रास्वपा केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी र सदस्य मनोनयन मुख्य एजेन्डा

सम्बन्धित

कलंकीमा खुल्यो ‘द डिभाइन डान्स स्टुडियो’, मिस पबीले गरिन् जुम्बा

आजदेखि जमलमा तीनदिने ‘लोकदोहोरी मेला’, चलचित्र र लोकसंगीतका चर्चित कलाकारको जमघट

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी–भाइको भावनात्मक सम्बन्धमा केन्द्रित

पाकिस्तानी टिकटकर एलिजे जमाली आफ्नो इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि भावुक

फिल्म ‘आशा’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन हुने

‘बदलिँदो समाज, बदलिँदो तीज’ नारासहित डिजिटल तीज गीत/भिडियो प्रतियोगिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu