रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिकका लागि अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको अस्थायी सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार प्रथम चौमासिकका लागि आवश्यक अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरिएको हो ।
नयाँ तलबमान र प्रोत्साहन भत्ता कायम
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको नयाँ तलबमान तथा प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णयसमेत गरेको छ ।
प्रवक्ता घिमिरेका अनुसार मन्त्रालयले यसअघि पेस गरेको प्रस्तावअनुसार नै नयाँ तलबमान तथा प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णय भएको हो ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्