ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुख सुर्खेतमा नहुँदा कर्णाली सरकार विस्तार रोकियो


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १ : २५   बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मन्त्री सहभागी गराउने तयारी भए पनि प्रदेश प्रमुख यज्ञराज जोशी सुर्खेतमा नरहेका कारण सरकार विस्तारको प्रक्रिया रोकिएको छ।

सत्ता साझेदार नेकपा (एमाले)ले आफ्नोतर्फबाट तीन मन्त्री सरकारमा पठाइसकेको भए पनि सरकारको नेतृत्व गरिरहेको नेकपाले भने आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेको छैन। प्रदेश प्रमुखको अनुपस्थितिका कारण मन्त्री नियुक्ति तथा शपथको प्रक्रिया अघि बढ्न नसकेको मुख्यमन्त्री मंगलबहादुर शाहीले बताएका छन्।

प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाका अनुसार प्रदेश प्रमुख जोशी कार्यालयलाई जानकारी गराएर बाहिरिएका होइनन्। उनका अनुसार जोशी बाहिर गएको जानकारी भए पनि कहाँ गएको भन्नेबारे कार्यालयलाई औपचारिक जानकारी छैन।

यद्यपि, स्रोतका अनुसार प्रदेश प्रमुख जोशी उपचारका लागि धनगढीस्थित गेटा पुगेका छन्।

मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख सुर्खेतमा नभएकै कारण सरकार विस्तार रोकिएको बताए। उनका अनुसार मन्त्री नियुक्तिको तयारी पूरा भइसकेको छ।

‘हामी आज नै तयारी अवस्थामा थियौँ। तर, यहाँ प्रदेश प्रमुख नभएका कारण रोकिएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘उहाँ सुर्खेत आउनेबित्तिकै सरकार विस्तारको काम त्यही दिन अगाडि बढ्छ।’

एमालेका तीन मन्त्री सहभागी

सत्ता साझेदार एमालेले गत भदौ ३ गते सरकारमा तीन मन्त्री पठाइसकेको छ। एमालेका तर्फबाट जुम्लाका टेकराज पछाई आर्थिक मामिला तथा योजनामन्त्री, मुगुका जीतबहादुर मल्ल सामाजिक विकासमन्त्री र हुम्लाका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्।

तर, मुख्यमन्त्री शाही नेतृत्वको नेकपाले भने अहिलेसम्म आफ्नोतर्फबाट मन्त्री नियुक्त गर्न सकेको छैन।

सत्ता गठबन्धनबीच भएको भागबन्डाअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने सहमति भएको छ।

मुख्यमन्त्री शाहीले शपथ लिएको करिब तीन सातापछि गत भदौ ३ गते एमालेका तीन मन्त्रीलाई सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका थिए। एमाले सरकारमा सहभागी भएको दुई दिन बितिसक्दा पनि मुख्यमन्त्रीकै दलबाट मन्त्री नियुक्त हुन नसकेपछि सरकार विस्तार अधुरो बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu