काठमाडौं । एनएमबी बैंकले ग्राहकले अनलाइनमार्फत कर्जाका लागि आवेदन दिन तथा आवेदनको अवस्था हेर्न सक्ने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।
नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले देशका जुनसुकै स्थानबाट तथा विभिन्न उपकरण प्रयोग गरी कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। आवेदनको अवस्था पनि रियल–टाइममा हेर्न सकिने भएकाले कर्जा प्रक्रियालाई सरल, पारदर्शी र छरितो बनाउन सहयोग पुग्ने बैंकको दाबी छ।
अनलाइनबाट कर्जा आवेदन दिन ग्राहकले डिजिडटएनएमबीडटकमडोटएनपीमा लगइन गरी ‘लोन सर्भिसेज’मा जानुपर्नेछ। त्यसपछि ‘एक्सप्लोर प्रोडक्ट्स’मा क्लिक गरी आफूले लिन चाहेको कर्जा छनोट गरेर आवश्यक विवरण भर्नुपर्नेछ।
आवेदन फारम बुझाएपछि ग्राहकले तत्कालै अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन्। सोही आईडीमार्फत आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी लिन सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको समय बचत गर्ने तथा कागजरहित र प्रविधिमैत्री बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ प्रणाली सञ्चालनमा ल्याइएको हो।
हाल एनएमबी बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्