काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.६७ अंकले घट्दै २६१८.७२ विन्दुमा झरेको छ।
कारोबारमा आएका कम्पनीमध्ये ७० वटाको सेयर मूल्य बढ्दा १९८ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। कुल चार अर्ब १६ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको थियो। बजारमा एक करोडभन्दा बढी कित्ता सेयर ५९ हजार ८०५ पटक खरिद–बिक्री भएको विवरण छ।
सर्वोत्तम पेन्ट्समा सकारात्मक सर्किट
शुक्रबार सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, पञ्चकन्या माई हाइड्रो, राप्ती हाइड्रो तथा हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन्।
म्युचुअल फन्डबाहेक सबै समूह राताम्य
समूहगत परिसूचकतर्फ म्युचुअल फन्ड समूह मात्रै बढेको छ भने बाँकी १२ वटै समूहका सूचक घटेका छन्। यसले साताको अन्तिम कारोबार दिन बजारमा बिक्रीचाप बढी रहेको संकेत गरेको छ।
नेप्से बजारमा उतारचढाव जारी रहे पनि पछिल्लो कारोबार विवरण विभिन्न बजार सूचना स्रोतमा निरन्तर अद्यावधिक भइरहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्