काठमाडौँ । पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै ‘बर्जर रंग वहार, उपहारै उपहार, लक्की ड्रको बम्परमा यमाहा रेजेटआर’ अभियान सार्वजनिक गरेको छ।
अभियानअन्तर्गत बर्जरका उत्पादन खरिद गर्ने ग्राहकले यामाहा रेजेडआर १२५ हाइब्रिड स्कुटरसहित ३५० भन्दा बढी उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अभियानमा स्कुटरबाहेक ६५ इन्चको फोरके स्मार्ट टिभी, २५३ लिटरका दुईवटा रेफ्रिजेरेटर, ८ किलोका तीनवटा वासिङ मेसिन र पाँचवटा माइक्रोवेभ ओभन उपहारमा राखिएको छ।
त्यस्तै, टु–इन–वान कुकटप, एयर फ्रायर, ब्लेन्डर, स्ट्यान्ड फ्यान, स्टिमर, हेयर ड्रायर र टोस्टरसहित कुल ३६२ वटा उपहार जित्न सकिने कम्पनीले जनाएको छ।
अभियानमा सहभागी हुन १ लाखको खरिद अनिवार्य
अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम १ लाख रुपैयाँ बराबरका बर्जरका उत्पादन खरिद गर्नुपर्नेछ। साथै, तोकिएका प्रिमियम उत्पादनमध्ये न्यूनतम १२० लिटर खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार वेदरकोट लङलाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो, वेदरकोट अल गार्ड, सिल्क ग्लामर ग्लो, सिल्क लक्जरी, रुफ कुल एन्ड सिल, ड्याम्प शिल्ड एलास्टो तथा सिल एन्ड ओ प्राइमलगायत उत्पादन अभियानमा समावेश छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्