ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रघुगंगामा ‘कानुनदेखि विकाससम्म’को दाबी : अध्यक्ष भण्डारीले भने— दोस्रो कार्यकाल जनविश्वासको परिणाम


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ३ : २५   बजे

बागलुङ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो नेतृत्वमा स्थानीय तहको संस्थागत विकास, कानुन निर्माण, सडक तथा सामाजिक पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्। दोस्रो कार्यकालमा पनि जनताबाट निर्वाचित हुनु अघिल्लो कार्यकालमा भएका कामप्रतिको जनविश्वासको परिणाम भएको उनको दाबी छ।

अध्यक्ष भण्डारीका अनुसार गाउँपालिकाले हालसम्म ८४ वटा कानुन निर्माण गरेको छ, जसमध्ये २० वटा कानुन कार्यान्वयनमा रहेका छन्। बाँकी विभिन्न कार्यविधि, नियमावली र निर्देशिकासहित ६४ वटा कानुनी तथा नीतिगत दस्तावेज निर्माण गरिएको उनले जानकारी दिए।

उनले स्थानीय सरकारको कामलाई व्यवस्थित र संस्थागत बनाउन सुरुआतदेखि नै नीति तथा कानुन निर्माणलाई प्राथमिकता दिइएको बताए।

‘सिंहदरबारको अधिकार घर–घरमा पुर्‍याउने भनिएको थियो। जनताले स्थानीय सरकारबाट त्यसको अनुभूति गर्न पाएका कारण नै दोस्रो पटक पनि जिम्मेवारी दिएका हुन्,’ अध्यक्ष भण्डारीले भने।

उनका अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी, सडक तथा पदमार्ग निर्माणजस्ता आधारभूत क्षेत्रमा गरिएको लगानी संघीयता कार्यान्वयनको महत्वपूर्ण आधार बनेको छ।

संघीयता कार्यान्वयनमा अझै चुनौती

स्थानीय सरकारलाई संघीयताको आधारस्तम्भका रूपमा व्याख्या गर्दै अध्यक्ष भण्डारीले व्यवहारमा भने धेरै अधिकार र कामका लागि अझै संघीय सरकारकै ढोका धाउनुपर्ने अवस्था रहेको बताए।

उनले स्थानीय तहलाई संविधानले दिएको अधिकार व्यवहारमा प्रयोग गर्न विभिन्न कानुनी तथा प्रशासनिक जटिलता रहेको उल्लेख गरे। केही विषय राष्ट्रिय सुरक्षा तथा सीमावर्ती क्षेत्रको संवेदनशीलतासँग जोडिएकाले संघको नियन्त्रण आवश्यक हुन सक्ने भए पनि स्थानीय सरकारलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन कानुनी सहजीकरण आवश्यक रहेको उनको भनाइ छ।

‘संविधान कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि व्यवहारमा देखिएका समस्याबारे पर्याप्त समीक्षा हुन सकेको छैन,’ उनले भने, ‘काम गर्ने क्रममा आएका अप्ठ्यारा हटाउन आवश्यक कानुन संशोधन र सहजीकरण हुनुपर्छ।’

सडक, जग्गा र स्वास्थ्य पूर्वाधारमा जोड

अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा रायखोरदेखि कुइनेसम्मका गाउँ तथा बस्तीलाई सडक सञ्जालसँग जोड्ने कामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।

उनका अनुसार गाउँपालिकाका लागि आवश्यक १४ रोपनी, प्रहरीका लागि तीन रोपनी तथा १० वटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनका लागि आवश्यक जग्गाको व्यवस्थापन गरिएको छ। सरकारी निकाय तथा सार्वजनिक सेवा विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउने काममा पनि पालिकाले सहयोग गरेको उनले बताए।

कोभिडदेखि आपत्कालीन उद्धारसम्म

कोभिड–१९ महामारीको कठिन समयमा स्थानीय सरकारले प्रभावकारी भूमिका खेलेको दाबी गर्दै अध्यक्ष भण्डारीले २२७ जनाको उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याइएको बताए।

उनका अनुसार विभिन्न दुर्घटना तथा आपत्कालीन अवस्थाका बिरामीको उद्धारका लागि ३३ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। लडेर घाइते भएका तथा अन्य गम्भीर अवस्थामा परेका नागरिकको उपचार र उद्धारमा पनि गाउँपालिकाले सक्रिय भूमिका खेलेको उनले बताए।

‘कर्मचारीको साथले काम गर्न सहज भयो’

अध्यक्ष भण्डारीले गाउँपालिकामा कार्यरत कर्मचारीबाट असहयोग नभएको उल्लेख गर्दै स्थानीय सरकारका अधिकांश काम कर्मचारी र जनप्रतिनिधिबीचको समन्वयबाट सम्भव भएको बताए।

‘रघुगंगामा आएका कर्मचारीले काममा अवरोध गरेको अनुभव छैन,’ उनले भने, ‘जे–जति उपलब्धि भएका छन्, कर्मचारी र जनप्रतिनिधिको सहकार्यकै परिणाम हुन्।’

बजेट कटौतीले विकासमा असर

संघीय सरकारबाट प्राप्त हुने बजेटमा कटौती हुँदा गाउँपालिकाका विकास निर्माणका योजनामा प्रत्यक्ष असर परेको अध्यक्ष भण्डारीले बताए। स्रोत सीमित हुँदा प्राथमिकताका आयोजना पूरा गर्न चुनौती थपिएको उनको भनाइ छ।

जेनजी आन्दोलनपछिको परिस्थितिमा पनि गाउँपालिकाभित्र कुनै अप्रिय घटना नभएको उल्लेख गर्दै उनले स्थानीय स्तरमा शान्ति र सामाजिक सद्भाव कायम राख्दै विकासका काम अघि बढाइएको बताए।

अध्यक्ष भण्डारीले स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउन संविधान तथा कानुनमा समयअनुकूल सुधार आवश्यक रहेको धारणा राख्दै जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवा सहज, प्रभावकारी र पहुँचयोग्य बनाउनु नै आफ्नो नेतृत्वको मुख्य प्राथमिकता रहेको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्मा पोखरामा, भेटघाटको कार्यक्रम छैन

गण्डकीलाई पर्यटन राजधानी बनाउने लक्ष्य, विकास र सुशासनमा जोड : मुख्यमन्त्री पाण्डे

मगर भाषामा समाचार प्रसारणको ३२ वर्ष स्मरण, पत्रकार मीनाकुमारी र मनसुधन थापामगर सम्मानित

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

कास्कीमा बाढीको वितण्डा : जलविद्युत आयोजना र झोलुंगे पुलमा क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu