ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटरीसँग नेपाल ‘ए’ ८ विकेटले पराजित


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ५ : ५५   बजे

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ नर्दन टेरिटरी स्ट्राइक्ससँग ८ विकेटले पराजित भएको छ।

शुक्रबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपाल ‘ए’ले दिएको १ सय २३ रनको लक्ष्य नर्दन टेरिटरीले १५ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो।

घरेलु टोलीको जितमा डाउट्जी होगेनबुर्जम र जोर्डन शिल्कले तेस्रो विकेटका लागि ८४ रनको अविजित साझेदारी गरे। डाउट्जी ५० रन र जोर्डन ४२ रनमा अविजित रहे।

नर्दन टेरिटरीका कप्तान डार्सी सर्ट २३ रनमा पवन सर्राफको बलमा कुशल मल्लबाट क्याच आउट भए। जागा कोडुरु ८ रनमा कपनको बलमा तृतराज दासबाट क्याच आउट भएका थिए। नेपालका लागि पवन सर्राफले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।

नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

लोकेश बमले १३ बलमा १६, नारायण जोशीले ८ बलमा १५ र तृतराज दासले १३ रन बनाए। कप्तान अनिल शाह ९ रनमा आउट भए भने कुशल मल्लले ९ रन बनाए। रासिद खानले १० रनको योगदान दिए। ओपनर कुशल भुर्तेल भने खाता नखोल्दै पेभेलियन फर्किए।

नर्दन टेरिटरीका हामिस मार्टिनले १९ रन खर्चेर ३ विकेट लिए। टोम मेन्डिज, विलियम ब्लाएर, डार्सी सर्ट र साम बार्करले समान १–१ विकेट लिए।

सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि सोमबार हरिकेन्स, बुधबार एक्ट कमिट्स, बिहीबार किंग्समेन र शनिबार भिक्टोरियासँग खेल्ने तालिका रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

टप एन्ड टी–२० मा नेपालको निराशाजनक सुरुआत, एनटी स्ट्राइकसँग ८ विकेटले पराजित

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउने

नेपालमा ई–स्पोर्ट्सको रोमाञ्च : ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ हुँदै

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज एनटी स्ट्राइकसँग खेल्दै

बीपीएलको यस वर्षको संस्करण नहुने, पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइज अभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu