ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारमा गलत प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिने सर्वोच्चको फैसला


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ७ : ३५   बजे

काठमाडौं । सर्वोच्च अदालतले बलात्कारका घटनामा भौतिक तथ्य लुकाएर गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारको कसुरमा दोषी ठहरिने फैसला गरेको छ।

सर्वोच्चले चिकित्सकले दिएको त्यस्तो प्रतिवेदनलाई ‘व्यावसायिक राय’ मात्र भनेर उन्मुक्ति दिन नसकिने निष्कर्ष निकालेको हो। २०७५ सालमा धनुषामा भएको १२ वर्षीया बालिकाको बलात्कार घटनासम्बन्धी मुद्दामा सर्वोच्चले यस्तो फैसला गरेको हो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. रम्भा गोइत र डा. विजयकुमार सिंहलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

विशेष अदालतले २०७६ पुस १ गते उनीहरूलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिबाना गरेको थियो। उक्त फैसला केही उल्टी गर्दै सर्वोच्चले अन्तिम फैसला सुनाएको हो। २०८३ असार १८ गते भएको फैसलाको पूर्णपाठ सर्वोच्चले सार्वजनिक गरेको छ।

भौतिक तथ्य लुकाएर गलत प्रतिवेदन

बलात्कारपीडित बालिकाको स्वास्थ्य परीक्षणका क्रममा डा. गोइत र डा. सिंहले शरीरमा कुनै चोटपटक नदेखिएको र यौनांग सामान्य रहेको भन्दै प्रतिवेदन दिएको आरोपमा अख्तियार दुरुपयोग अन्वेषण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।

पछि सिरहा जिल्ला अस्पतालमा गरिएको पुनः परीक्षणमा बालिकाको गालामा टोकेको दाग, शरीरमा नीलडाम तथा यौनांग च्यातिएको तथ्यसहितको चिकित्सकीय प्रतिवेदन आएको थियो।

दुवै अस्पतालको प्रतिवेदनमा फरक देखिएपछि अख्तियारले चिकित्सकमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सर्वोच्चले बालिकाको शरीरमा देखिएका स्पष्ट चोट तथा अन्य भौतिक तथ्यलाई लुकाएर गलत प्रतिवेदन तयार गरिएको अख्तियारको दाबी सही ठहर गरेको हो।

फैसलामा स्पष्ट भौतिक तथ्यलाई सामान्य भनेर उल्लेख गर्नु पीडितको घाउमा नुन छर्किएजस्तै भएको टिप्पणीसमेत गरिएको छ।

‘व्यावसायिक राय’ भनेर उन्मुक्ति नहुने

स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले प्रतिवेदनमा ‘यो हाम्रो व्यावसायिक राय मात्र हो, राय फरक पर्न सक्छ’ भन्ने उल्लेख गरेका थिए। तर सर्वोच्चले चिकित्सकीय राय र वस्तुगत तथ्य फरक विषय भएको स्पष्ट गरेको छ।

बालिकाको शरीरमा देखिएका टोकेको घाउ, नीलडाम र यौनांगमा भएको चोटजस्ता वस्तुगत तथ्यलाई प्रतिवेदनमा लुकाउनु बदनियतपूर्ण कार्य भएको सर्वोच्चको ठहर छ।

अदालतले यस्तो कार्यलाई व्यावसायिक लापरवाहीसँगै बदनियतपूर्ण कामसमेत मानेको छ।

‘भर्जिनिटी टेस्ट’ नगर्न निर्देशन

सर्वोच्चले बलात्कारका घटनामा ‘भर्जिनिटी टेस्ट’ वा ‘टु–फिंगर टेस्ट’ जस्ता अवैज्ञानिक तथा मानमर्दन गर्ने परीक्षण नगर्न निर्देशन दिएको छ।

हाइमेन च्यातिएको वा नच्यातिएको अवस्थाका आधारमा मात्रै जबर्जस्ती करणी भए वा नभएको निष्कर्षमा पुग्न नसकिने सर्वोच्चले स्पष्ट गरेको छ। हाइमेनको अवस्था खेलकुद वा अन्य प्राकृतिक कारणले समेत परिवर्तन हुन सक्ने भन्दै यस्ता परीक्षणले पीडितलाई थप मानसिक पीडा दिन सक्ने अदालतको ठहर छ।

सर्वोच्चले यस्ता परीक्षणलाई पीडितको मानवअधिकारविरुद्धको अभ्यास भन्दै निरुत्साहित गर्न निर्देशन दिएको छ।

छुट्टै मेडिको–लिगल युनिट बनाउन आदेश

बलात्कार तथा अन्य फौजदारी मुद्दासँग सम्बन्धित स्वास्थ्य परीक्षणलाई विश्वसनीय, गुणस्तरीय र एकरूप बनाउन सर्वोच्चले स्वास्थ्य तथा मेडिको–लिगल क्षेत्र सुदृढ गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।

स्वास्थ्य मन्त्रालयलाई छुट्टै ‘मेडिको–लिगल युनिट’ स्थापना गर्न, आवश्यक बजेट तथा जनशक्तिको व्यवस्था गर्न र चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्न आदेश दिइएको छ।

सर्वोच्चले पीडितको सूचित सहमति, शारीरिक स्वायत्तता, सम्मान, मानसिक अवस्था र गोपनीयताको संरक्षणलाई ध्यानमा राखेर स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिएको छ।

न्याय प्राप्त गर्ने प्रक्रियाले पीडितलाई पुनः पीडा दिने अवस्था सिर्जना गर्न नहुने भन्दै अदालतले फौजदारी न्याय प्रणालीसँग सम्बन्धित चिकित्सा–कानुनी परीक्षण र प्रतिवेदनको विश्वसनीयता तथा गुणस्तर सुनिश्चित गर्न मेडिको–लिगल क्षेत्रलाई संस्थागत रूपमा विकास र सुदृढ गर्न पाँचवटा निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu