ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाका विपद् प्रभावितलाई राहतमा कमी हुन दिँदैनौँ : मुख्यमन्त्री आचार्य


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ७ : ३५   बजे

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद्बाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त सडक र पूर्वाधार मर्मतलाई प्राथमिकतामा राखिएको बताए।

‘घटना घट्न नहुने थियो। घटना घटिसकेको छ। सरकारको तर्फबाट पीडितहरूले पाउनुपर्ने राहत समयमै उपलब्ध गराउन सके पीडित परिवारले त्यसलाई मल्हमका रूपमा लिनुहुनेछ,’ उनले भने, ‘प्रदेश सरकारको तर्फबाट तत्काल राहत सामग्री पठाउने काम भएको छ।’

मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएका छन्।

रोल्पामा विपद्पछि तत्काल खोज तथा उद्धारमा सक्रियता देखाएको भन्दै उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रशंसा गरे। तीनवटै सुरक्षा निकायका प्रमुख घटनास्थलमै पुगेर उद्धारमा खटिएको उल्लेख गर्दै उनले धन्यवाद व्यक्त गरे।

९१ घटनामा ८५ जनाको मृत्यु

प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार लुम्बिनी प्रदेशमा जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन्। ती घटनामा ८५ जनाको मृत्यु, १३ जना घाइते र दुई जना बेपत्ता भएका छन्।

पानीमा डुबेर मात्रै ५८ जनाको मृत्यु भएको छ। बाढीमा चार, चट्याङमा सात र पहिरोमा १० जनाको मृत्यु भएको छ। अत्यधिक वर्षासँग सम्बन्धित घटनामा समेत मानिसको ज्यान गएको विवरणमा उल्लेख छ।

रोल्पामा मनसुनजन्य विपद्बाट चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ। थवाङ गाउँपालिकामा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। सुनछहरी गाउँपालिकामा छ जना तथा लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको छ।

विपद्बाट चार स्थानीय तहमा ११ घरधुरी विस्थापित भएका छन् भने ३१८ घरधुरी जोखिममा रहेका छन्।

मुख्यमन्त्री आचार्यले विपद्बाट घाइते भएकाहरूको प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए।

७५ लाख रुपैयाँ निकासा

परिषद्ले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनार क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत खर्च गरिनेछ।

त्यस्तै, रोल्पाको थवाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको एकतर्फको विङ वाल बाढीले बगाएको तथा पहुँच सडकमा ठूलो खाल्डो परेर आवागमन प्रभावित भएपछि तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गरिएको छ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेका अनुसार सुलिचौर–थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत आवश्यक छ। उक्त रकम सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत खर्च गरिनेछ।

रोल्पामा राहत सामग्री पठाइयो

नेपालगञ्ज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको गोदाममा मौज्दात राहत सामग्री रोल्पा पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय, रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको हो।

नेपालगञ्जको गोदाममा प्रयोग म्याद सकिएका सामग्री नष्ट गर्ने निर्णय पनि गरिएको छ। डढेलो, आगलागी तथा बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजना तत्काल सञ्चालनमा ल्याउन मौज्दात पाइप आवश्यकता अनुसार प्रयोग गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ।

मनसुनजन्य विपद्को जोखिम कायमै रहेकाले विषयगत ‘क्लस्टर’को नेतृत्व गर्ने मन्त्रालय तथा निकायलाई तत्काल बैठक राखी सक्रिय हुन परिषद्ले निर्देशन दिएको छ।

पूर्वतयारीमा जोड

मुख्यमन्त्री आचार्यले मनसुन अझै नसकिएकाले भदौको अन्त्यतिर समेत ठूलो वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सबै सरकारी निकायलाई पूर्वतयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन तथा विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायलाई थप सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए। सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना प्रभावकारी बनाउन पनि उनले आग्रह गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu