ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ७ : ४५   बजे

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार कोसी प्रदेशसभा सचिवालयलाई विश्वासको मत लिनेसम्बन्धी जानकारी गराएको हो। सोमबार नै मन्त्रिपरिषद् हेरफेर गरेका मुख्यमन्त्री कार्कीले त्यसै दिन विश्वासको मत लिने तयारी गरेका हुन्।

नेकपा र नेकपा एमालेबीचको सत्ता समीकरणअनुसार प्रदेश सरकारमा हेरफेर भएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघिसम्म भने कार्कीले तत्काल विश्वासको मत नलिने धारणा राख्दै आएका थिए।

नेकपाका १७ जना सांसद सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन्। हाल कोसी प्रदेश सरकारलाई एमालेका ४० र नेकपाका १७ गरी ५७ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ।

कोसी प्रदेशको वर्तमान सरकार नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम गठन भएको हो।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् हेरफेरलगत्तै विश्वासको मत लिने प्रक्रिया अघि बढाएका छन्। प्रदेशसभा सचिवालयमा दर्ता गरिएको सूचनाअनुसार सोमबार बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार कार्कीले सोमबार विश्वासको मत लिन लागेका हुन्।

Files, images, and data analysis are unavailable until usage resets at 11:10 PM. Continue chatting with text only, or upgrade for mor

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

सुनसरीबाट कालीमाटी पुग्छ दैनिक निगुरो, थोक मूल्य मुठाको १० रुपैयाँ

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा र इलाममा

कोसीमा एमाले–नेकपा मन्त्रालय बाँडफाँट टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu