ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वर खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौं । नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका डा रामकण्ठ माकजू श्रेष्ठ र पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।

संघले विसं २०८१ को सम्मान धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा रामकण्ठ माकजू श्रेष्ठ र विसं २०८२ को सम्मान पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनाललाई प्रदान गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष मधुरमण आचार्यले शुक्रबार पत्रकार सम्मेलनमार्फत दुई वर्षको सम्मान एकैपटक घोषणा गरिएको जानकारी दिए।

संघका अनुसार विभिन्न कारणले २०८१ र २०८२ सालको सम्मान एकैपटक घोषणा गरिएको हो।

विसं २०८१ का लागि छनोट भएका डा माकजूले धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। उनको नेतृत्वमा स्वास्थ्य सेवाको प्रभावकारिता, संस्थागत विकास तथा नागरिकप्रतिको उत्तरदायित्व सुदृढ भएको संघले जनाएको छ।

त्यस्तै, विसं २०८२ को सम्मानका लागि छनोट भएका खनालले सार्वजनिक प्रशासन, नीति निर्माण तथा सार्वजनिक सेवाको स्तरवृद्धिमा विशिष्ट भूमिका निर्वाह गरेको संघको ठहर छ। सार्वजनिक पदमा रहँदा उनले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै प्रशासन सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मानका लागि छनोट गरिएको हो।

सम्मानका लागि उम्मेदवार छनोट गर्न नेपाल सरकारका पूर्वसचिव एवं संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय छनोट समिति गठन गरिएको थियो। समितिले करिब तीन महिनाको अध्ययनपछि निश्चित मापदण्डका आधारमा गरेको सिफारिसलाई संघको कार्यसमितिले अनुमोदन गरेको हो।

छनोट प्रक्रियामा सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता, संस्थागत नेतृत्व तथा जनसरोकारका क्षेत्रमा पुर्‍याएको प्रभावलाई प्राथमिकता दिइएको संघले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको साझेदारीमा नेपाल जनप्रशासन संघले विसं २०५९ मा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको हो। विसं २०६० देखि प्रदान गरिँदै आएको सम्मानमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिन्छ।

साल्ट ट्रेडिङ कर्पोरेसनका तत्कालीन नेतृत्वकर्ता एवं कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा स्थापित सम्मान सार्वजनिक सेवामा व्यावसायिकता, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको संघका अध्यक्ष आचार्यले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Freedom 250 Grand Prix Races Into Washington D.C., Sparking Debate

US-Iran Tensions Escalate as Trump Declares ‘Economic D-Day’

Israel-Türkiye Tensions Escalate Over Syria, Raising Proxy War Concerns

Iran Issues Threats to Southeastern Europe Amidst Escalating Conflict

Two Palestinians Killed in Separate West Bank Incidents

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu