काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वसञ्चारमन्त्री जगदिश खरेललाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ।
शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
खरेल गत आमनिर्वाचनअघि रास्वपामा प्रवेश गरेका थिए। लामो समय सञ्चार क्षेत्रमा सक्रिय उनी जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका थिए।
रास्वपा केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिइएको हो। पार्टी स्रोतका अनुसार उनलाई प्रवक्ता बनाउने निर्णय सर्वसम्मत भएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्