ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा मर्मतसम्भारका लागि सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन गरेको छ।

सरकारले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ जारी गरेको हो। सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गरेको हो।

समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन र समन्वय गर्नेछ। केन्द्रबाट सञ्चालन हुने सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारसम्बन्धी कामको सुपरीवेक्षण गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ।

केन्द्रको प्रशासकीय प्रमुखका रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ। केन्द्रमा विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीसहित कुल ३० जना कर्मचारी रहनेछन्। केन्द्रको मुख्य कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।

सफ्टवेयर विकासदेखि २४ घण्टा प्राविधिक सहायता

केन्द्रले सार्वजनिक निकायको मागअनुसार सफ्टवेयर विकास, स्तरोन्नति र मर्मतसम्भार गर्नेछ। केन्द्र आफैँले विकास गरेका सफ्टवेयर तथा सार्वजनिक निकायबाट माग भई आएका पुराना (लिगेसी) सफ्टवेयर प्रणालीको समेत स्तरोन्नति र मर्मतसम्भार गर्ने जिम्मेवारी केन्द्रलाई दिइएको छ।

केन्द्रबाट विकास गरिएका सफ्टवेयर प्रणालीका लागि २४सै घण्टा प्राविधिक सहायता उपलब्ध गराइनेछ। सूचना प्रविधि प्रणालीको सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन (एसआरएस) तथा डिजिटल पूर्वाधारको प्राविधिक स्पेसिफिकेसन तयार गर्नसमेत केन्द्रले सेवा दिनेछ।

सफ्टवेयर विकासका क्रममा आवश्यक सुरक्षा मापदण्ड, अटो स्केलिङ, हाइ अभाइलेबिलिटी तथा केन्द्रबाट स्वीकृत डेभलपमेन्ट आर्किटेक्चर र मापदण्ड प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासलाई समेत अनुसरण गरिनेछ।

केन्द्रले आफूले विकास गरेका प्रणालीको सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी तालिम सञ्चालन गर्ने कामसमेत गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Freedom 250 Grand Prix Races Into Washington D.C., Sparking Debate

US-Iran Tensions Escalate as Trump Declares ‘Economic D-Day’

Israel-Türkiye Tensions Escalate Over Syria, Raising Proxy War Concerns

Iran Issues Threats to Southeastern Europe Amidst Escalating Conflict

Two Palestinians Killed in Separate West Bank Incidents

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu