काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशको २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना दिएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशको २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना दिएका छन्।
राष्ट्रपति पौडेलले नयाँ जिम्मेवारीका लागि आलमगीरलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत दुई देशबीच लामो समयदेखि कायम रहेको बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने नेपालको इच्छामा जोड दिएका छन्।
उनले नेपाल र बंगलादेशबीचको आपसी सम्बन्ध आगामी दिनमा थप मजबुत र परिणाममुखी हुने विश्वाससमेत व्यक्त गरेका छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्