ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खनालको चेतावनी– ‘अहिलेकै नेतृत्व र विचार रहे एमाले ध्वस्त हुन्छ’


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : ०५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान नेतृत्व र वैचारिक दिशामा परिवर्तन नआए नेकपा (एमाले) ध्वस्त हुने टिप्पणी गरेका छन्।

शनिबार नेकपाको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका पूर्वअध्यक्षसमेत रहेका खनालले पार्टीले अहिले पनि मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) कै राजनीतिक लाइन पछ्याइरहेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन्।

खनालले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादको पक्षमा संघर्ष गरेको स्मरण गर्दै पार्टीको पाँचौँ महाधिवेशनदेखि नै बहुदलीय जनवादप्रति आफ्नो फरक मत रहेको बताए।

उनका अनुसार तत्कालीन महासचिव मदन भण्डारीले नयाँ जनवादको सट्टा बहुदलीय जनवादको अवधारणा अघि सारेका बेला आफूले त्यसप्रति असहमति जनाएका थिए।

‘म नेकपा एमालेमा लामो समय बसेँ। नयाँ जनवादका निम्ति लड्दै आएँ,’ उनले भने, ‘पाँचौँ महाधिवेशनमा कमरेड मदन भण्डारीले नयाँ जनवाद भनेको एकदलीय जनवाद हो, बहुदलीय जनवाद अपनाउनुपर्छ भनेर बहुदलीय जनवादी कार्यक्रम ल्याउनुभयो। त्यसबेला पनि मैले यसको विरुद्ध भिन्न मत राखेर संघर्ष गरेको थिएँ।’

खनालले २०६२/६३ को जनआन्दोलनपछि नेपालको राजनीतिक क्रान्तिको एउटा चरण पूरा भइसकेको दाबी गर्दै अब बहुदलीय जनवादको निरन्तरता आवश्यक नरहेको बताए। देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको अवस्थामा राजनीतिक शक्तिहरूले वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले एमालेले अझै पनि जबजलाई आफ्नो मुख्य वैचारिक आधार बनाइरहेको उल्लेख गर्दै यही विचार र नेतृत्व कायम रहे पार्टी गम्भीर संकटमा पर्ने चेतावनी दिए।

‘अहिले पनि एमाले बहुदलीय जनवाद, बहुदलीय जनवाद भन्दै अगाडि बढिरहेको छ,’ उनले भने, ‘अहिले हामीभन्दा ठूलो पार्टी होला एमाले, तर ठूलो भए पनि त्यो विस्फोटक अवस्थामा पुगिरहेको छ। पार्टीको नेतृत्व यही अवस्थामा रहिरह्यो र यही विचार कायम रहिरह्यो भने एमाले ध्वस्त हुन्छ।’

खनालले जनताको बहुदलीय जनवादलाई पूँजीवादी जनवादको अर्को रूपका रूपमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोलनको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्र हुनुपर्ने धारणा राखे।

‘यो बहुदलीय जनवाद भनेको पूँजीवाद हो। अर्को शब्दमा यो पूँजीवादी जनवाद हो,’ उनले भने, ‘हामीले जाने भनेको वैज्ञानिक समाजवाद हो, जसको आधार समाजवादी लोकतन्त्र हो। कम्युनिस्टहरू समाजवादी लोकतन्त्रका पक्षधर हुन्।’

उनले विद्यमान राजनीतिक व्यवस्थालाई पूँजीवादी लोकतन्त्रको निरन्तरताका रूपमा चित्रण गर्दै त्यसलाई समाजवादी लोकतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री खनालको यो अभिव्यक्तिलाई एमालेको वर्तमान नेतृत्व र विशेषगरी पार्टीको वैचारिक तथा राजनीतिक दिशामाथिको कडा आलोचनाका रूपमा हेरिएको छ। एमालेबाट लामो राजनीतिक यात्रा गरेका खनालले पछिल्लो समय पार्टीको नेतृत्व, संगठनात्मक अभ्यास र वैचारिक मार्गप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्।

उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Killed in Bus-Motorcycle Collision in Chitwan

Iran Claims Victory as Strait of Hormuz Closure Prompts Alternative Route Discussions

Berlin Wall’s Enduring Impact: One Family’s Story of Division and Reunion

Russian Strikes Kill At Least Eight Across Ukraine and Russia

Horgos, Xinjiang Emerges as Hub for Cross-Border E-Commerce with Foreign Live Streamers

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu