ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पम्फा भुसालको चिन्ता : ‘पदको मोह र भद्दा संगठनले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो’


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : १५   बजे

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा भुसालले नेता तथा कार्यकर्तामा बढ्दो पदमोह, संगठनभित्र कमजोर जनवादी अभ्यास र जम्बो आकारका पार्टी कमिटीका कारण कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको बताएकी छन्।

शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विगतको कम्युनिस्ट आन्दोलन त्याग, निष्ठा र आदर्शमा आधारित भए पनि अहिले पदप्राप्तिको आकांक्षा बढ्दै गएको टिप्पणी गरिन्।

उनले खुला प्रतिस्पर्धाको राजनीतिक संस्कृतिले पनि पार्टीभित्र पदप्रतिको आकर्षण बढाएको बताइन्।

‘हिजो कम्युनिस्ट हुनु भनेको त्याग गर्नुहुन्थ्यो। कम्युनिस्ट हुनु भनेको आदर्श हुन्थ्यो। कम्युनिस्ट हुनु भनेको निष्ठा हुन्थ्यो,’ भुसालले भनिन्, ‘केही कुरा आयो भने अरूलाई दिनुस्, अर्को कमरेडलाई दिनुस् भन्ने हुन्थ्यो। तर अहिले खुला प्रतिस्पर्धाको राजनीतिले होला, पदप्रति अलि बढी हाम्रो माथिदेखि नै त्यो प्रकारको आकांक्षा छ।’

उनले पार्टी नेतृत्व तहदेखि नै पदप्रतिको अत्यधिक आकांक्षाले संगठनको मूल चरित्रमा असर परेको संकेत गरिन्।

‘दुई हजार ४९९ सदस्यीय केन्द्रीय समिति कम्युनिस्ट पार्टीको बाटो होइन’

भुसालले नेकपाको संगठनात्मक संरचनामाथि समेत प्रश्न उठाइन्। विशाल आकारका पार्टी कमिटी प्रभावकारी हुन नसक्ने भन्दै उनले कम्युनिस्ट पार्टीको संगठन चुस्त, कार्यक्षम र संवादमुखी हुनुपर्नेमा जोड दिइन्।

‘संगठनात्मक संरचना जुन एउटा कम्युनिस्ट पार्टीको हुने हो, त्यो प्रकारको छैन। दुई हजार ४९९ जनाको केन्द्रीय समिति छ। यो भनेको कम्युनिस्ट पार्टी बन्ने बाटो चाहिँ होइन,’ उनले भनिन्।

उनका अनुसार जम्बो आकारका समितिका कारण निर्णय प्रक्रिया प्रभावकारी हुन नसकेको र पार्टीभित्र आवश्यक बहस तथा संवाद कमजोर बन्दै गएको छ।

पार्टीभित्र ‘दोहोरो संवाद’ हराउँदै गएको टिप्पणी

भुसालले पार्टी एकताको नाममा बनेको वर्तमान संगठनमा जनवादको पर्याप्त अभ्यास हुन नसकेको समेत बताइन्। केन्द्रीय कार्यसम्पादन समितिमा लामो छलफल हुने गरे पनि तल्ला तहका समितिहरू अत्यधिक ठूलो भएकाले नेता तथा कार्यकर्ताबीच प्रभावकारी दोहोरो संवाद हुन नसकेको उनको भनाइ थियो।

‘एकताका नाममा बनेको भद्दा संगठन जहाँ करिब–करिब जनवादको अभ्यास नै छैन,’ उनले भनिन्, ‘तलका समिति यति ठूला बनेर गएका छन्, जहाँ दोहोरो संवाद करिब–करिब हुँदैन।’

पार्टीभित्रका कार्यकर्ता र नेताका आफ्नै धारणा, गुनासा र सुझाव भए पनि त्यसलाई व्यवस्थित रूपमा राख्ने तथा छलफल गर्ने संरचना प्रभावकारी नभएको उनले बताइन्।

महाधिवेशनबाट चुस्त संगठन बनाउने प्रस्ताव

नेकपाले आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको उल्लेख गर्दै भुसालले त्यसलाई संगठनात्मक संरचना सुधार्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताइन्।

उनले महाधिवेशनमार्फत पार्टीलाई चुस्त, व्यवस्थित र जनवादी अभ्यासमा आधारित संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। पद र व्यक्तिगत आकांक्षाभन्दा पार्टीको विचार, संगठनात्मक अनुशासन, त्याग र सामूहिक नेतृत्वलाई प्राथमिकता दिन नसकिए कम्युनिस्ट आन्दोलन थप कमजोर बन्न सक्ने उनको संकेत थियो।

भुसालको अभिव्यक्तिले पार्टी एकतापछि बनेको विशाल संगठनभित्र नेतृत्व व्यवस्थापन, आन्तरिक लोकतन्त्र र संगठनात्मक प्रभावकारितासम्बन्धी चुनौती अझै कायम रहेको देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Killed in Bus-Motorcycle Collision in Chitwan

Iran Claims Victory as Strait of Hormuz Closure Prompts Alternative Route Discussions

Berlin Wall’s Enduring Impact: One Family’s Story of Division and Reunion

Russian Strikes Kill At Least Eight Across Ukraine and Russia

Horgos, Xinjiang Emerges as Hub for Cross-Border E-Commerce with Foreign Live Streamers

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu