ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : १५   बजे

बुटवल । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा रुपन्देहीको बुटवलमा प्रदर्शन गरिएको छ। शनिबार सयौँ महिलाको सहभागितामा बुटवलको ट्राफिक चोकबाट विरोध र्‍याली निकाल्दै प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान र हदैसम्मको कानुनी कारबाहीको माग गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘गरिमालाई न्याय दे’, ‘छोरीहरूको सुरक्षा सुनिश्चित गर’, ‘दोषीलाई कडा कारबाही गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले बालबालिका तथा महिलामाथि हुने हिंसाका घटना रोक्न सरकार र सुरक्षा निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

ट्राफिक चोकबाट सुरु भएको र्‍याली बुटवल उपमहानगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय हुँदै तुलसीपुर उच्च अदालत बुटवल इजलाससम्म पुगेको थियो। प्रदर्शनकारीहरूले विभिन्न स्थानमा धर्नासमेत दिएका थिए।

प्रदर्शनकारीहरूले गरिमा चौधरीको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न, घटनामा संलग्न सबैलाई कानुनबमोजिम कडा सजाय दिन तथा पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन बालबालिका र महिलाको सुरक्षाका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने उनीहरूको माग छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमा चौधरीको शव भदौ २ गते सोही क्षेत्रको एक घरमा फेला परेको थियो। घटनापछि विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।

न्याय र सुरक्षाको माग

बुटवलमा प्रदर्शनमा उत्रिएका महिलाहरूले यो घटनालाई एउटा बालिकामाथि भएको अपराधका रूपमा मात्र नभई समाजमा बालबालिका र महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा लिनुपर्ने बताएका छन्।

उनीहरूले घटनाको अनुसन्धानमा कुनै पनि प्रकारको राजनीतिक वा अन्य प्रभाव पर्न नदिन, निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्रदर्शनकारीहरूले पीडित परिवारलाई उचित न्याय र आवश्यक सहयोग उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu