ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झलनाथ खनालको आरोप– ‘रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि’


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : १५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा चित्रण गरेका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिमा रास्वपा कम्युनिस्ट शक्तिको मुख्य प्रतिद्वन्द्वीका रूपमा उदाएको समेत दाबी गरेका छन्।

शनिबार कोसी प्रदेश समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले २०६२/६३ सालको राजनीतिक परिवर्तनपछिको अवधिमा नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि रहेको दाबी गरे। तर अहिले त्यो भूमिका रास्वपाले लिएको उनको आरोप छ।

उनले रास्वपाको नेतृत्वमा रहेको वर्तमान सत्ताले जनविरोधी नीति अवलम्बन गरेको आरोप लगाउँदै सरकारले ल्याएको नीति, कार्यक्रम र बजेट मुख्यतः माथिल्लो वर्गको हितमा केन्द्रित रहेको जिकिर गरे।

“हिजो राजतन्त्र रहुन्जेल हामी मुख्य शत्रु नै भन्थ्यौँ। अहिले संसदीय व्यवस्था भएकाले मुख्य शत्रु भन्नुभन्दा मुख्य प्रतिद्वन्द्वी भन्नुपर्छ,” खनालले भने, “६२/६३ को परिवर्तनपछिको अवधिमा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि नेपाली कांग्रेस थियो। अहिले त्योभन्दा बढी रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा प्रकट भएको छ।”

‘सरकारले व्यापक दमन सुरु गर्‍यो’

खनालले वर्तमान सरकारले आमजनता, श्रमिक, सुकुम्बासी, विद्यार्थी तथा पत्रकारको हितमा काम गर्न नसकेको आरोप लगाए। सरकारको नीति तथा कार्यक्रम र बजेटले तल्लो तथा मध्यम वर्गका जनताको हितभन्दा माथिल्लो वर्गलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

उनले जनतामाथि करको भार बढाइएको भन्दै आर्थिक नीति नै निश्चित वर्गको हितमा केन्द्रित रहेको आरोप लगाए।

“उसले ल्याएको नीति तथा कार्यक्रम आमजनता र तल्लो वर्गको हितमा छैन,” उनले भने, “बजेट पनि माथिल्लो वर्गको हितमा केन्द्रित छ। अहिले जनतामाथि ठूलो करभार थोपरिएको छ।”

खनालले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको आरोप पनि लगाए।

कम्युनिस्ट आन्दोलनको हारबारे आत्मसमीक्षा

पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य राजनीतिक हार मात्र नभएको खनालको भनाइ थियो। कम्युनिस्ट नेतृत्वले विगतमा गरेका गल्ती र कमजोरीका कारण ठूलो संख्यामा कार्यकर्ता तथा समर्थक असन्तुष्ट बनेको उनले बताए।

उनका अनुसार राजनीतिक नेतृत्वप्रति बढ्दो असन्तुष्टि र विदेशिएका नेपाली श्रमिकको असन्तोषलाई विभिन्न राजनीतिक शक्तिले आफ्नो पक्षमा उपयोग गरेका छन्।

कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा बाह्य शक्तिको प्रभाव रहेको स्वीकार गर्दै उनले त्यसलाई मुख्य नभई गौण कारणका रूपमा हेर्नुपर्ने बताए। मुख्य रूपमा पार्टी नेतृत्वको कमजोरी, जनतासँग बढेको दूरी र राजनीतिक असन्तुष्टिका कारण कम्युनिस्ट शक्तिले निर्वाचनमा पराजय व्यहोरेको उनको निष्कर्ष थियो।

‘रास्वपा अहिलेको मुख्य प्रतिद्वन्द्वी’

खनालले संसदीय राजनीतिक व्यवस्थामा राजनीतिक शक्तिलाई ‘मुख्य शत्रु’ भन्दा ‘मुख्य प्रतिद्वन्द्वी’का रूपमा विश्लेषण गर्नुपर्ने धारणा राखे।

उनका अनुसार, वर्तमान राजनीतिक र वर्गीय परिस्थितिमा रास्वपा कम्युनिस्ट आन्दोलनसामु प्रमुख प्रतिद्वन्द्वी शक्तिका रूपमा देखा परेको छ।

“यतिबेलाको अवस्थामा वर्गीय रूपमा यो मुख्य प्रतिद्वन्द्वी शक्तिका रूपमा हाम्रासामु आएको छ,” उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Killed in Bus-Motorcycle Collision in Chitwan

Iran Claims Victory as Strait of Hormuz Closure Prompts Alternative Route Discussions

Berlin Wall’s Enduring Impact: One Family’s Story of Division and Reunion

Russian Strikes Kill At Least Eight Across Ukraine and Russia

Horgos, Xinjiang Emerges as Hub for Cross-Border E-Commerce with Foreign Live Streamers

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu