ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत शिक्षकले सेवा सुविधा नबढाए आन्दोलन गर्ने चेतावनी


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : ४५   बजे

काठमाडौं । सेवा सुविधामा विभेद गरिएको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

समितिका अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अन्य शिक्षक तथा कर्मचारीसरह राहत शिक्षकको सेवा सुविधा वृद्धि गर्न सरकारसँग माग गरेका हुन्।

सरकारले अन्य सरकारी कर्मचारीको तलब तथा भत्ता वृद्धि गरे पनि राहत शिक्षकको सेवा सुविधा नबढाएको भन्दै समितिले आपत्ति जनाएको छ। राहत शिक्षकहरूले यसलाई सरकारको पक्षपातपूर्ण व्यवहार भएको बताएका छन्।

‘सरकारी सेवामा रहेका सबै जनशक्तिको योगदान उच्च रहेको स्वीकार गर्दैगर्दा एकै राज्यका नागरिक र समान दायित्व पूरा गरिरहेका शिक्षकहरूलाई भने हरेक सुविधाबाट नियतवश वञ्चित गरिनु अत्यन्तै अन्यायपूर्ण र पक्षपातपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ।

राहत शिक्षकको सेवा सुविधा, स्थायित्व तथा प्रोत्साहन भत्ताका विषयमा सरकारले बेवास्ता गरेको समितिको आरोप छ। यस्तो व्यवहारले शिक्षकहरूको मनोबल कमजोर बनाउने उनीहरूको भनाइ छ।

समितिले तत्काल राहत शिक्षकको सेवा सुविधा वृद्धि नगरे देशभरका राहत शिक्षकलाई समेटेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

‘यदि सरकारले हाम्रा न्यायोचित मागहरूलाई बेवास्ता गर्दै विभेदकारी नीति जारी राखेमा नेपाल राहत शिक्षक केन्द्रीय समिति देशभरका राहत शिक्षकहरूलाई समेटेर आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Killed in Bus-Motorcycle Collision in Chitwan

Iran Claims Victory as Strait of Hormuz Closure Prompts Alternative Route Discussions

Berlin Wall’s Enduring Impact: One Family’s Story of Division and Reunion

Russian Strikes Kill At Least Eight Across Ukraine and Russia

Horgos, Xinjiang Emerges as Hub for Cross-Border E-Commerce with Foreign Live Streamers

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu