ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरले ९२ निजी विद्यालयको स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढायो


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : ४५   बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ९२ वटा निजी विद्यालयको अनुमति तथा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।

महानगरपालिकाले प्रचलित कानुनबमोजिम सञ्चालनमा रहेका तर हाल बन्द गर्नुपर्ने अवस्थामा पुगेका संस्थागत विद्यालयलाई लक्षित गर्दै ३५ दिने सूचना जारी गरेको हो।

शिक्षा विभाग प्रमुख नवराज ढकालका अनुसार शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्था देखिएपछि सम्बन्धित विद्यालयलाई स्पष्टीकरण पेस गर्न सूचना जारी गरिएको हो।

उनका अनुसार तोकिएको अवधिभित्र चित्तबुझ्दो जवाफ नआएमा सम्बन्धित विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ।

यसअघि महानगरपालिकाले दर्ता भएर पनि सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। नगर शिक्षा समितिको बैठकले कागजमा मात्रै कायम रहेका तथा यथार्थमा सञ्चालनमा नरहेका विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान तथा स्वामित्व परिवर्तनलगायत विषयमा समेत प्रचलित कानुन र निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ।

महानगरपालिकाले पछिल्लो सूचनामार्फत सम्बन्धित विद्यालयलाई आफ्नो अवस्थाबारे स्पष्टीकरण पेस गर्न समय दिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नठहरेमा कानुनी व्यवस्थाअनुसार विद्यालयको अनुमति वा स्वीकृति खारेज गरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Killed in Bus-Motorcycle Collision in Chitwan

Iran Claims Victory as Strait of Hormuz Closure Prompts Alternative Route Discussions

Berlin Wall’s Enduring Impact: One Family’s Story of Division and Reunion

Russian Strikes Kill At Least Eight Across Ukraine and Russia

Horgos, Xinjiang Emerges as Hub for Cross-Border E-Commerce with Foreign Live Streamers

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu