ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा


ABC NEWS
६ भदौ २०८३, शनिबार   ८ : ०५   बजे

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा न्यायालयको मुख्य ध्यान रहेको बताएका छन्।

शनिबार बागलुङमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले छिटो न्याय दिनसके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताए। उनले पुराना मुद्दा शून्यमा झार्नुपर्नेमा जोड दिए।

अदालतको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च आदलत पोखरा, बागलुङ इजलासमा आएका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताए।

उनले ७९ करोड रुपैयाँ लागतमा हालै निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा, बागलुङ इजालस भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गरेका छन्। उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँग अन्तर्क्रिया तथा छलफलमा उनले न्यायसम्बन्धी जनचेताना फैलाउन अधिवक्तहरूको मुख्य भूमिका रहेको बताए।

प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादन, सकभर जिल्ला अदालतबाटै मुद्दाको टुङ्गो लगाउन सकेमा जनतालाई सहज हुने बताए। ‘दुई वर्ष कटेका पुराना मुद्दा निकै कम रहेको पाएँ, यसलाई शून्यमा झार्नुपर्छ,’ उनले भने, ‘पछिल्लो समय उच्च अदालत पोखरा बागलुङ इजलासमा पुराना मुद्दा घटाएर सुविधासम्पन्न भवनबाट सेवा दिँदा सहज भएको छ।’

उनले जनतालाई छिटो न्याय दिनुपर्नेमा जोड दिए। ‘जनताले छिटो न्याय पाए मात्रै न्याय पाएको महसूस गर्नेछन्,’ उनले भने, ‘प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ।’

देशभरमै बालविवाह, सम्बन्धविच्छेद, जबर्जस्ती करणीलगायत मुद्दा बढ्नु राम्रो नभएको उनको भनाइ छ। अदालतलाई प्रविधिमैत्री बनाउँदा मात्रै छिटो र समयमै न्याय दिन सकिने उनको भनाइ थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्मा पोखरामा, भेटघाटको कार्यक्रम छैन

रघुगंगामा ‘कानुनदेखि विकाससम्म’को दाबी : अध्यक्ष भण्डारीले भने— दोस्रो कार्यकाल जनविश्वासको परिणाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu