ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा पक्ष सर्वोच्च जाने तयारीमा, कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।

महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा दायर गर्न खोजिएको रिट निवेदन तयारी नपुगेको भन्दै शनिबार फिर्ता लगिएको थियो। कांग्रेस नेता एनपी साउदका अनुसार कानुन व्यवसायीहरूले आवश्यक संशोधनसहित रिट पुनः तयार गरिरहेका छन्। उनका अनुसार सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी भइरहेको छ।

देउवा पक्षले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त भइसकेको अवस्थामा त्यसको अन्तिम टुंगो नलाग्दासम्म पार्टीको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने तर्क गर्दै आएको छ।

पूर्णबहादुर खड्काको छुट्टै तयारी

देउवा पक्षका नेताहरूले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सर्वोच्च जाने तयारीमा रहेको बताएका छन्। तर खड्काले भने आफूले शनिबार सर्वोच्चमा कुनै रिट दर्ताका लागि नलगेको स्पष्ट पारेका छन्।

खड्काले सर्वोच्चमा पुनरावलोकनको प्रक्रिया टुंगो नलागेसम्म महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गर्ने विषयमा कानुन व्यवसायीसँग गम्भीर छलफल भइरहेको बताएका छन्। उनले चाँडै रिट लिएर सर्वोच्च जाने संकेतसमेत दिएका छन्।

पार्टीभित्र बढ्दो विवाद

राष्ट्रिय भेलापछि खड्का असन्तुष्ट बनेको देउवा पक्षका नेताहरूको भनाइ छ। भेलाले खड्कालाई पन्छाउँदै शशाङ्क कोइरालालाई संयोजकका रूपमा अघि सारेपछि पार्टीभित्रको विवाद थप चर्किएको हो।

यसबीच कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने पार्टीभित्रको विवाद अदालतमा नभई पार्टी कार्यालय सानेपामै बसेर समाधान गर्नुपर्ने बताएका छन्। उनले संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

असोजमा महाधिवेशन गर्ने कार्यतालिका

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर देउवा पक्षले सर्वोच्च अदालतमा विचाराधीन विषयको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने दाबी गर्दै आएको छ।

यसअघि इतर पक्षको भेलाले गगन थापालाई सभापति स्वीकार नगर्ने र देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

Kathmandu Valley Residents Bear Burden of Growing Waste Problem

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

Mexico Resumes Cattle Exports To US After Year-Long Ban

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu