ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस विवाद झन् गहिरिँदै, महाधिवेशनलाई लिएर विभाजनको जोखिम


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधान हुन नसक्दा पार्टी विभाजनको जोखिम बढ्दै गएको छ। १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर संस्थापन र शेरबहादुर देउवा पक्षबीच मतभेद चर्किएको हो।

संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ भने देउवा पक्षले प्रक्रिया स्थगित गर्नुपर्ने माग गर्दै अदालत जाने तयारी गरिरहेको छ। दुवै पक्षका नेताहरूबीच सहमतिको प्रयास भइरहे पनि ठोस निकास निस्कन सकेको छैन।

सभापति गगन थापाले सहमतिको सम्भावना अझै कायमै रहेको बताएका छन्। बाह्रखरीसँगको कुराकानीमा उनले केही नेताहरू सहमतिमा नआए पनि बाँकी नेताहरू सहमतिमा आउने विश्वास व्यक्त गरे। सहमतिको प्रयास भइरहेका बेला अर्को समूहका नेताहरू अदालत धाउन थालेपछि महाधिवेशन प्रक्रिया प्रभावित भएको उनको भनाइ छ।

थापाले नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा आएर महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरेका छन्। सहमतिको वातावरण बनाउन वडा तहको अधिवेशनको मिति केही समयका लागि सारिएको उनले बताएका छन्।

देउवा पक्ष फेरि अदालत जाने तयारीमा

शेरबहादुर देउवा पक्ष भने महाधिवेशन प्रक्रिया स्थगित गर्नुपर्ने मागसहित अदालत जाने तयारीमा छ। शुक्रबार पनि उक्त समूहका केही नेता सर्वोच्च अदालत पुगेका थिए। तर निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले बृहत् छलफल गरेर मात्रै अघि बढ्नुपर्ने भन्दै उनीहरूलाई फर्काएका थिए।

सोमबार देउवा पक्ष महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पुनः अदालत जाने तयारीमा रहेको बताइएको छ। सर्वोच्च अदालतबाट पुनरवलोकनको निस्सा प्राप्त भएपछि देउवा पक्ष उत्साहित बनेको छ भने कांग्रेसभित्रको आधिकारिकता विवादसमेत पुनः अदालतमा पुगेको छ।

संस्थापनइतर एक नेताले कांग्रेस विभाजनको मुखमा पुगेको दाबी गरे। महाधिवेशन प्रक्रिया अघि बढिसकेको अवस्थामा सबै पक्षलाई एक ठाउँमा ल्याउन कठिन रहेको उनको भनाइ छ।

“एकथरीले महाधिवेशन गर्ने र अर्कोथरी बाहिर बस्ने भएपछि कसरी मिल्छ ? एक महिनामा दुईवटा महाधिवेशन हुँदैन,” ती नेताले भने, “हप्ता–दश दिनमा कुनै चमत्कार भयो भने नत्र पार्टी फुट्न सक्छ।”

उनका अनुसार अन्ततः अदालतको फैसलाले पार्टीको आधिकारिकता विवाद टुंगो लगाउने र पराजित पक्षले नयाँ दल गठन गर्नुपर्ने अवस्था आउन सक्नेछ।

कानूनविद् भन्छन्– नियमित महाधिवेशन भए मुद्दाको औचित्य सकिन्छ

वरिष्ठ अधिवक्ता यदुनाथ खनालले संस्थापन पक्षले तोकिएको समयभित्र नियमित महाधिवेशन सम्पन्न गरे सर्वोच्च अदालतको आदेशको औचित्य समाप्त हुने बताएका छन्।

बाह्रखरीसँगको कुराकानीमा उनले महाधिवेशन गर्न पाउनुपर्ने विषयमा मात्रै अदालत जान आवश्यक नरहेको बताए। उनका अनुसार रोकिएको मुद्दामा अन्तरिम आदेश आएर मंसिरभित्र महाधिवेशन हुन नसकेमा मात्र समस्या उत्पन्न हुन सक्छ।

खनालले यस्तो प्रकृतिका मुद्दाको अन्तिम फैसला हुन लामो समय लाग्न सक्ने बताए। तोकिएको समयमा नियमित महाधिवेशन सम्पन्न भए मुद्दाको औचित्य नै समाप्त हुने उनको तर्क छ।

उनका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई तत्कालै अवैध भन्न नमिल्ने र नियमित महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त हुने अवस्था रहन्छ।

पुनरवलोकनको निस्सापछि अन्तरिम आदेश माग्न सकिने

सर्वोच्च बारका पूर्वसचिव तथा वरिष्ठ अधिवक्ता एगराज पोखरेलले पुनरवलोकनको निस्सा प्राप्त भइसकेपछि त्यसको प्रभाव पर्ने भएकाले थप कामकारबाही रोक्न अन्तरिम आदेश माग गर्न सकिने बताएका छन्।

उनका अनुसार फैसलामा कानूनी त्रुटि देखिएमा मात्रै पुनरवलोकनको निस्सा प्रदान गरिन्छ। मुद्दा अन्तिम रूपमा टुंगो नलाग्दै कामकारबाही अघि बढाउँदा त्यसले भविष्यमा हुने फैसलाको कार्यान्वयनमा असर पर्न सक्ने उनको भनाइ छ।

संस्थापन पक्ष सहमतिको प्रयासमा

कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले अन्तिम अवस्थासम्म पार्टीभित्र सहमति कायम गर्ने प्रयास भइरहेको बताएका छन्।

उनले विधानविपरीत भएको राष्ट्रिय भेलालाई कांग्रेसले मान्यता नदिने स्पष्ट गर्दै सभापति गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशनमा सहभागी हुन प्रस्ताव गरिएको बताए। तर उक्त प्रस्ताव अर्को पक्षले स्वीकार नगरेको उनको भनाइ छ।

महाधिवेशनको प्रक्रिया अघि बढाउने र रोक्ने विषयमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेकाले कांग्रेसभित्रको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन। सहमति नजुटे पार्टीको आन्तरिक विवाद विभाजनतर्फ जाने जोखिम थप बढ्ने नेताहरूको चिन्ता छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

Kathmandu Valley Residents Bear Burden of Growing Waste Problem

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

Mexico Resumes Cattle Exports To US After Year-Long Ban

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu