ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : १५   बजे

कालीकोट, भदौ ७ गते । कालीकोट सदरमुकाम मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन्। तीनवटा घर पहिरोले बगाइसकेको छ भने अन्य घरको मुनिबाट समेत पहिरो बगिरहेका कारण जुनसुकै बेला थप क्षति हुनसक्ने जोखिम रहेको स्थानीयवासीले बताएका छन्।

खाँडाचक्र नगरपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग खन्ने क्रममा निस्किएको पहिरोले समस्या थप गम्भीर बनेको हो। पहिरो नियन्त्रणका लागि प्रभावकारी काम नहुँदा बजारको मुख्य सडक तथा आसपासका घर जोखिममा परेका छन्।

स्थानीयवासीले प्राविधिक अध्ययन तथा भू–प्राविधिक अवस्थाको पर्याप्त मूल्याङ्कन नगरी भवन निर्माणका लागि जमिन छनोट गरिएको आरोप लगाएका छन्। भवनको डीपीआर, लागत इस्टिमेट तथा निर्माणस्थल छनोटको आधारबारे समेत उनीहरूले प्रश्न उठाएका छन्। पहिरोमा घर गुमाएका लालप्रसाद पोख्रेलको परिवारले वर्षौंको मेहनतबाट बनाएको घरसँगै आम्दानीको स्रोतसमेत गुमाएको छ। उनकी छोरी भूमिका पोख्रेलका अनुसार घरका दुईवटा सटर भाडामा दिँदा मासिक करिब ४० हजार रुपैयाँ आम्दानी हुने गरेको थियो। पहिरोले घर र जमिन बगाएपछि परिवार आर्थिक समस्यामा परेको छ।

त्यस्तै, शुभकालिका गाउँपालिका–४ का कर्णप्रसाद चौलागाईंले २०७० सालमा करिब ७० लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको घरसमेत जोखिममा परेको छ। घरबाट मासिक करिब ३५ हजार रुपैयाँ आम्दानी हुने गरेकोमा गत फागुनदेखि पहिरोका कारण घरमा बस्न तथा व्यापार सञ्चालन गर्न नसकेको उहाँले बताउनुभयो .चौलागाईंका अनुसार करिब १८ महिनाको अवधिमा भाडाबाट प्राप्त हुने ६ लाख ३० हजार रुपैयाँ आम्दानी गुमेको छ। अहिले आफूले मासिक सात हजार रुपैयाँ भाडा तिरेर बस्नुपरेको उहाँको गुनासो छ। पीडित तथा स्थानीयवासीले नगरपालिकाले भू–प्राविधिक अध्ययन र माटो परीक्षण नगरी भवन निर्माणको काम अघि बढाउँदा पहिरोको समस्या आएको आरोप लगाएका छन्।

उनीहरूले भवन निर्माणस्थलको उपयुक्तता, डीपीआर तयार गर्ने प्रक्रिया तथा अन्य सम्भावित स्थान हुँदाहुँदै यही ठाउँ छनोट गर्नुको कारण सार्वजनिक गर्न माग गरेका छन्। सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख श्रवणकुमार महताराले सडकको मापदण्डविपरीत सडक छेउमा भवन निर्माण गर्न खोजिएकाले नगरपालिकालाई काम रोक्न निर्देशन दिइएको बताएका छन्।

तर नगरपालिकाले निर्देशन बेवास्ता गरेको उहाँको दाबी छ। उहाँका अनुसार भवन निर्माणस्थलका कारण नागरिकका घरसँगै सडकसमेत पहिरोको जोखिममा परेको छ।

यता खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले भने उक्त स्थानमा प्रशासकीय भवन निर्माण गर्नुको विकल्प नरहेको बताउँदै आएका छन्।

स्थानीयवासीको माग अब भवन निर्माणभन्दा पहिले पहिरो नियन्त्रण, जोखिममा रहेका परिवारको सुरक्षा र निर्माणस्थलको प्राविधिक पुनःपरीक्षण गर्नुपर्ने रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

कालीमाटीमा आज अधिकांश तरकारीको भाउ स्थिर, केहीमा सामान्य घटबढ

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu