ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : १५   बजे

 

 

काठमाडौं । पछिल्लो पाँच वर्षमा ७९ हजारभन्दा बढी नेपाली स्वास्थ्य उपचारका लागि विदेश गएको पाइएको छ। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ देखि २०२५ सम्म ७९ हजार ५७ जना नेपाली उपचारका लागि विदेशिएका हुन्।

विभागका अनुसार सन् २०२१ मा ५ हजार २७२ जना उपचारका लागि विदेश गएका थिए। यो संख्या २०२२ मा १३ हजार ९६०, २०२३ मा १९ हजार ५०९ र २०२४ मा १८ हजार ७१३ पुगेको थियो। सन् २०२५ मा भने उपचारका लागि विदेश जाने नेपालीको संख्या २१ हजार ६०३ पुगेको छ। यसरी पछिल्लो पाँच वर्षमा उपचारका लागि विदेश जानेको संख्या निरन्तर बढेको देखिन्छ। पाँच वर्षको औसतमा प्रत्येक वर्ष १५ हजार ८ सयभन्दा बढी नेपाली स्वास्थ्य उपचारका लागि विदेश गएको तथ्यांकले देखाउँछ।

नेपालमा उपलब्ध उपचार सेवाको सीमितता तथा जटिल रोगको उपचारका लागि विशेषज्ञ सेवा आवश्यक पर्ने भएकाले नेपालीहरू भारतसहित विभिन्न मुलुक जाने गरेका छन्। यससँगै उपचारका नाममा ठूलो रकम विदेशिने गरेको भए पनि उपचारका लागि कति रकम बाहिरियो भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन। नेपाल राष्ट्र बैंकले उपचारका लागि विदेश जाने नेपालीलाई निश्चित सीमासम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउँदै आएको छ। एकीकृत परिपत्र–२०८२ अनुसार भारतबाहेकका मुलुकमा उपचारका लागि जाने व्यक्तिले वार्षिक अधिकतम १५ हजार अमेरिकी डलरसम्म सटही सुविधा लिन सक्छन्। यसका लागि नेपालका अस्पतालको सिफारिस तथा विदेशस्थित अस्पतालबाट अनुमानित उपचार खर्चसम्बन्धी कागजात पेश गर्नुपर्ने व्यवस्था छ। उपचार सम्पन्न भएपछि खर्चको विवरणसमेत बैंकमा बुझाउनुपर्ने हुन्छ। भारतमा उपचारका लागि भने छुट्टै व्यवस्था गरिएको छ। चिकित्सकको सिफारिसका आधारमा आवश्यकता हेरी अधिकतम ५० हजार भारतीय रुपैयाँसम्म नगद सटही सुविधा उपलब्ध हुन्छ। त्यस्तै, कार्ड वा विद्युतीय माध्यमबाट मासिक १ लाख भारतीय रुपैयाँसम्म खर्च गर्न सकिने व्यवस्था छ। यसबीच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि उपचारका लागि लामो समय विदेश बसेर नेपाल फर्किएको प्रसंग सार्वजनिक भएको छ। उनीसँगै विभिन्न उच्चपदस्थ व्यक्ति तथा सर्वसाधारण उपचारका लागि विदेश जाने क्रम बढ्दै गएको देखिन्छ। काठमाडौं । पछिल्लो पाँच वर्षमा ७९ हजारभन्दा बढी नेपाली स्वास्थ्य उपचारका लागि विदेश गएको पाइएको छ। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ देखि २०२५ सम्म ७९ हजार ५७ जना नेपाली उपचारका लागि विदेशिएका हुन्।

विभागका अनुसार सन् २०२१ मा ५ हजार २७२ जना उपचारका लागि विदेश गएका थिए। यो संख्या २०२२ मा १३ हजार ९६०, २०२३ मा १९ हजार ५०९ र २०२४ मा १८ हजार ७१३ पुगेको थियो। सन् २०२५ मा भने उपचारका लागि विदेश जाने नेपालीको संख्या २१ हजार ६०३ पुगेको छ। यसरी पछिल्लो पाँच वर्षमा उपचारका लागि विदेश जानेको संख्या निरन्तर बढेको देखिन्छ। पाँच वर्षको औसतमा प्रत्येक वर्ष १५ हजार ८ सयभन्दा बढी नेपाली स्वास्थ्य उपचारका लागि विदेश गएको तथ्यांकले देखाउँछ।

नेपालमा उपलब्ध उपचार सेवाको सीमितता तथा जटिल रोगको उपचारका लागि विशेषज्ञ सेवा आवश्यक पर्ने भएकाले नेपालीहरू भारतसहित विभिन्न मुलुक जाने गरेका छन्। यससँगै उपचारका नाममा ठूलो रकम विदेशिने गरेको भए पनि उपचारका लागि कति रकम बाहिरियो भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन।

नेपाल राष्ट्र बैंकले उपचारका लागि विदेश जाने नेपालीलाई निश्चित सीमासम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउँदै आएको छ। एकीकृत परिपत्र–२०८२ अनुसार भारतबाहेकका मुलुकमा उपचारका लागि जाने व्यक्तिले वार्षिक अधिकतम १५ हजार अमेरिकी डलरसम्म सटही सुविधा लिन सक्छन्।यसका लागि नेपालका अस्पतालको सिफारिस तथा विदेशस्थित अस्पतालबाट अनुमानित उपचार खर्चसम्बन्धी कागजात पेश गर्नुपर्ने व्यवस्था छ। उपचार सम्पन्न भएपछि खर्चको विवरणसमेत बैंकमा बुझाउनुपर्ने हुन्छ। भारतमा उपचारका लागि भने छुट्टै व्यवस्था गरिएको छ। चिकित्सकको सिफारिसका आधारमा आवश्यकता हेरी अधिकतम ५० हजार भारतीय रुपैयाँसम्म नगद सटही सुविधा उपलब्ध हुन्छ। त्यस्तै, कार्ड वा विद्युतीय माध्यमबाट मासिक १ लाख भारतीय रुपैयाँसम्म खर्च गर्न सकिने व्यवस्था छ।यसबीच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि उपचारका लागि लामो समय विदेश बसेर नेपाल फर्किएको प्रसंग सार्वजनिक भएको छ। उनीसँगै विभिन्न उच्चपदस्थ व्यक्ति तथा सर्वसाधारण उपचारका लागि विदेश जाने क्रम बढ्दै गएको देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

वर्षा र पहिरोले देशभरका १० सडकखण्ड पूर्ण अवरुद्ध, यातायात प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu