ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षा र पहिरोले देशभरका १० सडकखण्ड पूर्ण अवरुद्ध, यातायात प्रभावित


ABC NEWS
७ भदौ २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका कम्तीमा १० वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा ती क्षेत्रको यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इलामको मेची राजमार्ग, काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ सडकखण्ड तथा नुवाकोटको मध्यपहाडी लोकमार्ग बाढीपहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्।

त्यस्तै, धादिङका टोखा–छहरे सडकखण्ड र दामन–पाख्रिन सडक पनि बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्। रोल्पाको घोराही–थवाङ सडकखण्ड तथा रुकुम पश्चिम हुँदै जोडिने जाजरकोट–डोल्पा सडकखण्ड समेत अवरुद्ध रहेको जानकारी प्राप्त भएको छ।

केही सडकमा एकतर्फी यातायात

यसैबीच, पाल्पा, मनाङ, बागलुङ र मुस्ताङलगायत जिल्लाका विभिन्न सडकखण्डमा पनि पहिरो र बाढीको जोखिम कायमै रहेको छ। कतिपय स्थानमा सडक आंशिक रूपमा क्षति पुगेकाले सवारीसाधन एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेका छन्।

सम्बन्धित स्थानीय प्रशासन, प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। लगातार वर्षा भइरहेकाले सडक खुलाउन थप समय लाग्न सक्ने भन्दै यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने

गुल्मीको ‘धुर्कोट ग्रेटवाल’ बन्दै नयाँ पर्यटकीय गन्तव्य

सम्बन्धित

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

मानिसको साथी भँगेरा हराउँदै, संरक्षणका लागि घरघरमा गुँड अभियान

बढ्दो सवारी चापसँगै जाम र प्रदूषणको चुनौती, चोक सुधारदेखि ‘कार फ्री जोन’सम्मको बहस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu