ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराको हत्या भएको खबरपछि दाङमा आमाको मृत्यु


ABC NEWS
७ भदौ २०८३, आइतबार   १२ : १५   बजे

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा २२ वर्षीय छोरा वसन्त कालाथोकीको हत्या भएको खबरपछि दाङमा उनकी आमाको पनि मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीका अनुसार वसन्तकी ३८ वर्षीया आमा बिना कालाथोकी घरमै मृत अवस्थामा भेटिएकी हुन्।

‘छोराको हत्या भएको खबर पाउने क्रममा आमाले आत्महत्या गरेको अनुमान हामीले गरेका छौँ। उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेछन्। काठमाडौंमा छोराको हत्या भएको खबर पाएलगत्तै आमाले सिलिङ फ्यानमा पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको हो,’ केसीले भने।

उनका अनुसार बिना कालाथोकीको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

होस्टलमा भएको कुटपिटमा छोराको मृत्यु

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत शुक्रबार शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच कुटपिट हुँदा वसन्त गम्भीर घाइते भएका थिए।

घटनामा बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेल संलग्न रहेको आरोप छ। गम्भीर घाइते वसन्तलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ। अर्का आरोपित प्रमित पटेल भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

शौचालय जाने क्रममा माइक्रोबसको ठक्करबाट आमाछोरीको मृत्यु

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu