ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती विस्तार गर्ने सहमति


ABC NEWS
७ भदौ २०८३, आइतबार   २ : ३५   बजे

काठमाडौँ । नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्ने सहमति गरेका छन्। साथै, सीमा अपराधसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने निर्णयसमेत भएको छ।

महोत्तरीको जलेश्वरमा शनिबार सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हातहतियार तथा लागुऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराधको नियन्त्रण तथा रोकथाम, सीमा स्तम्भको सुरक्षा र मर्मतसम्भारलगायत विषयमा छलफल भएको थियो।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलका अनुसार सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई थप विस्तार गर्ने विषयमा सहमति भएको हो।

उनका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटनासँग सम्बन्धित सूचना एकअर्कासँग नियमित रूपमा आदानप्रदान गर्ने सहमति पनि भएको छ। बैठक पारस्परिक समन्वय, सहकार्य र सीमा सुरक्षालाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको उनले बताए।

बैठकमा सहभागी अधिकारी

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, भारतको सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनसहित दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागिता थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

Two Arrested in Nepal for Alleged Foreign Employment Fraud

Chief Justice Sharma Emphasizes Collaboration Between Bar and Bench

Global Water Conflicts Surge: New Data Reveals Growing Crisis

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu