ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने


ABC NEWS
७ भदौ २०८३, आइतबार   २ : ३५   बजे

काठमाडौं, ७ भदौ । पाकिस्तानमा आगामी चैत तेस्रो साता १४औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुने भएको छ।

पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले २०८३ साल चैत २० देखि २८ गतेसम्म साग आयोजना गर्ने निर्णय गरेको हो।

पाकिस्तानमा हुने सागमा २८ खेल समावेश गरिने भएको छ। प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाउनेछन्।

हरेक चार वर्षमा आयोजना हुने साग पछिल्लो पटक सन् २०१९ मा नेपालमा भएको थियो। नेपालपछि पाकिस्तानले आयोजना गर्ने निर्णय भए पनि भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण प्रतियोगिता निर्धारित समयमा हुन सकेको थिएन।

अब पाकिस्तानले आयोजना गर्ने १४औँ सागको तयारी अघि बढाइएको हो। साग आयोजनासम्बन्धी तयारी बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषद्की सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुनुभएको छ।

दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय कमिटी बैठकमा एनओसी अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष राजवैद्यले ओलम्पिक कमिटीको प्रतिनिधित्व गर्नुभएको छ भने राखेप सदस्य श्रेष्ठले सरकारको प्रतिनिधित्व गर्नुभएको छ।

बैठकमा १४औँ दक्षिण एसियाली खेलकुदको आयोजनासम्बन्धी तयारी तथा अन्य महत्वपूर्ण विषयमा छलफल भइरहेको जनाइएको छ। बैठक भोलिसम्म चल्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu