ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस एकताका लागि नैनसिंह महरद्वारा प्रस्तुत तीन विकल्प


ABC NEWS
७ भदौ २०८३, आइतबार   २ : ४५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रको विवाद अन्त्य गरी एकता कायम गर्न तीनवटा विकल्प अघि सारेका छन्। उनले कांग्रेस सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरी यी विकल्पमा सहमति खोज्न आग्रह गरेका हुन्।

महरले भदौ ४ गते सभापति थापासँग ज्ञानेश्वरस्थित सम्पर्क कार्यालयमा भेट गरेका थिए। भेटमा उनले १५औँ महाधिवेशनअघि पार्टीको बृहत् एकताका लागि थापा र देउवाबीच सहमति आवश्यक रहेको बताएका थिए।

महरका तीन विकल्प

महरले अघि सारेको पहिलो विकल्पमा १५औँ महाधिवेशनको नेतृत्व थापा र देउवामध्ये एक जनाले गर्ने विषयमा सहमति खोज्नुपर्ने उल्लेख छ। उनका अनुसार, दुवैमध्ये जसले नेतृत्व छोडे पनि पार्टी एकताका लागि त्यस्तो सहमति गर्न सकिन्छ।

दोस्रो विकल्पमा दुवैमध्ये कसैले पनि नेतृत्व छोड्न नसक्ने अवस्था आए तेस्रो व्यक्तिको नेतृत्वमा सहमति खोज्नुपर्ने उनको प्रस्ताव छ। त्यस्तो नेतृत्वले १५औँ महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न सक्ने विश्वास हुनुपर्ने उनको भनाइ छ।

तेस्रो विकल्पमा भने सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकतासम्बन्धी आउने अन्तिम फैसला स्वीकार गरेर अघि बढ्ने पूर्वसहमति गर्नुपर्ने महरले सुझाव दिएका छन्।

थापासँगको भेटमा महरले भनेका थिए, ‘तपाईं र शेरबहादुर दाइ भेटवार्ता गर्नुहोस्। तीनवटा विकल्पमध्ये एउटामा सहमति भएन भने पार्टी विभाजन हुन्छ।’

उनले पार्टी विभाजन रोक्न थापा र देउवाबीच सहमति अनिवार्य रहेको बताएका थिए। जवाफमा थापाले देउवासँग भेटवार्ता गर्न आफू तयार रहेको र अनौपचारिक रूपमा संवाद भइरहेको बताएका थिए।

देउवासँग पनि एकताका लागि आग्रह

थापासँग भेटेको तीन दिनपछि महर आइतबार बिहान निवर्तमान सभापति देउवालाई भेट्न चुनदेवीस्थित निवास पुगेका थिए। भेटमा उनले थापासँग राखेका तीनवटै विकल्पबारे देउवालाई जानकारी गराएका थिए।

महरले पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

उनका अनुसार देउवाले भने अदालतको निर्णयपछि अघि बढ्ने जवाफ दिएका छन्। महरले अदालतको अन्तिम निर्णय आउनुअघि नै पार्टीभित्र सहमति कायम गर्न आफूले आग्रह गरेको बताए।

यसैबीच, कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लले पनि आइतबार देउवालाई भेटेर पार्टी एकताका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुगौली सन्धि पछिकै गम्भीर संकटमा राष्ट्रिय स्वाधीनता: प्रचण्ड

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुगौली सन्धि पछिकै गम्भीर संकटमा राष्ट्रिय स्वाधीनता: प्रचण्ड

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

Two Arrested in Nepal for Alleged Foreign Employment Fraud

Chief Justice Sharma Emphasizes Collaboration Between Bar and Bench

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu