ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न


ABC NEWS
७ भदौ २०८३, आइतबार   ४ : ०५   बजे

काठमाडौँ । यस वर्ष देशभर धान रोपाइँको अवस्था उत्साहजनक देखिएको छ । कृषि विभागका अनुसार, धानखेतीयोग्य कुल जमिनको ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

विभागको पछिल्लो तथ्याङ्कअनुसार देशभर हालसम्म १३ लाख ४१ हजार ७ सय ६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्षको सोही अवधिमा ९६.०८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको थियो । यस वर्ष रोपाइँको दर झण्डै दुई प्रतिशतले बढेको हो ।

सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ

प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा बढी रोपाइँ भएको छ । त्यहाँ १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भई शतप्रतिशत पुगेको छ ।

कर्णालीमा ९८.५० प्रतिशत, मधेशमा ९८.१० प्रतिशत र लुम्बिनीमा ९७.८७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । मधेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ । गत वर्ष यही अवधिमा मधेशमा ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

त्यस्तै, बागमतीमा ९७.८२ प्रतिशत, कोशीमा ९७ प्रतिशत र गण्डकीमा ९६.६८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

समयमै मनसुन सक्रिय हुँदा रोपाइँमा सुधार

कृषि विभागका अनुसार समयमै मनसुन सक्रिय हुनु तथा कृषि प्रसारका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुका कारण यस वर्ष धान रोपाइँको क्षेत्रफल र प्रतिशत दुवैमा वृद्धि भएको हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

काँकरभिट्टा नाकाबाट २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

२५ वर्षदेखि तरकारीको बेर्ना बेच्दै रामप्रसाद, वार्षिक चार लाखसम्म बचत

उखु किसानको पसिनामाथि उद्योगीको उधारो : नवलपरासीमा वर्षौँदेखि अड्किएको करोडौँ भुक्तानी

कालीमाटीमा तरकारीको मूल्यमा उतारचढाव, प्याज र च्याउ महँगिए

किसानको मल वीरगन्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

म्याग्दी :  एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu