ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान


ABC NEWS
७ भदौ २०८३, आइतबार   ४ : ०५   बजे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विधिपूर्वक पूजाआजा गरी बडिमालिका भगवती माताको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान गराएका छन्।

सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बडिमालिका पूजाका लागि मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मन्त्री, सचिव तथा सम्बन्धित अधिकारीहरूको उपस्थितिमा विधिपूर्वक पूजा–अर्चना गरेका हुन्। पूजापछि परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ पठाइएको हो।

बडिमालिकामा पूजा गर्न डोटीबाट पेटारो पठाउने परम्परा लामो समयदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्परा हो। पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजा सामग्री राखिन्छ। सरकारी पूजा टोलीले विभिन्न धार्मिकस्थलमा पूजाआजा गर्दै पैदल यात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार मुख्य पूजा गर्ने परम्परा रहेको छ।

परम्पराअनुसार बडिमालिका पुगेपछि डोटी, बाजुरा र जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने गरिन्छ।

यस वर्ष बडिमालिकाको मुख्य पूजा भदौ ११ गते हुने भए पनि दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला सुरु गरिएको छ।

पेटारो पठाउने परम्पराले बडिमालिका भगवतीप्रतिको धार्मिक आस्थाका साथै सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई जीवन्त राख्दै आएको छ। राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यस धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले पनि जोड दिँदै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

‘बाः एक योद्धा’को प्रशंसामा सुहाना, भनिन्– ‘यो बाआमाको त्याग र सन्तानको भविष्यको कथा हो’

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

आकाशमै वितण्डा : रक्सीको नशामा युवतीले विमानभित्र कपडा खोलेपछि हंगामा

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

‘मिसेस नेपाल’को ताज रिता तामाङलाई, चार विधामा उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu