ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना


ABC NEWS
७ भदौ २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य लिएको छ।

नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार आयोजित समझदारीपत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीको व्यापक उपस्थिति र सम्भावनालाई संगठित गर्दै एनआरएनएको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार एनआरएनएको तथ्यांकमा हाल विश्वका कम्तीमा ११० देशमा नेपालीहरूको उपस्थिति रहेको छ। तीमध्ये ९२ देशमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्थापना भइसकेका छन्।

“हाम्रो रेकर्डअनुसार ११० राष्ट्रमा नेपालीहरू छन्, त्योभन्दा बढी राष्ट्रमा पनि हुन सक्नुहुन्छ,” अध्यक्ष शर्माले भने, “अहिले ९२ देशमा हाम्रो राष्ट्रिय समन्वय परिषद् छ। यो कार्यकालभित्र हामी यसलाई १०० भन्दा बढी देशमा विस्तार गर्छौं।”

डा. शर्माले नेपाली हुनुको पहिचान भौगोलिक सीमाना र कानुनी परिभाषामा मात्र सीमित नरहेको उल्लेख गर्दै विश्वभर छरिएका नेपालीबीचको सम्बन्धलाई थप संस्थागत र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

उनले विदेशमा रहेका नेपालीसँग रहेको ज्ञान, सीप, अनुभव, प्रविधि र पुँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्नु एनआरएनएको प्रमुख उद्देश्य रहेको बताए।

एनआरएनएले आफ्नो विश्वव्यापी सञ्जाल विस्तारसँगै विदेशमा रहेका नेपालीलाई थप प्रभावकारी रूपमा संगठित गर्ने र उनीहरूको क्षमता तथा स्रोतलाई नेपालको विकासमा परिचालन गर्ने लक्ष्य लिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

सम्बन्धित

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

कमलेश अग्रवालको टिप्पणी : ‘राम्रो कानुन बन्छ, तर कार्यान्वयनमा कर्मचारीतन्त्रले मर्म नै मारिदिन्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu