ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण


ABC NEWS
७ भदौ २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले पछिल्लो एक दशकमा २२३ जना बिरामीको सफलतापूर्वक बोनम्यारो प्रत्यारोपण गरेको जनाएको छ। प्रत्यारोपण सेवा सुरु भएको २०७३ सालदेखि हालसम्म बालबालिकादेखि वृद्ध उमेर समूहसम्मका बिरामीले उक्त सेवा लिएका छन्।

अस्पतालले आज आयोजना गरेको कार्यक्रममा हेमाटोलोजिष्ट डा. विशेष पौडेलले प्रत्यारोपण गरिएका बिरामीमध्ये करिब ३० प्रतिशत बालबालिका रहेको जानकारी दिए।

‘२०७३ सालदेखि सुरु भएको बोनम्यारो प्रत्यारोपण सेवा अन्तर्गत हालसम्म २२३ जनाको प्रत्यारोपण गरिएको छ, जसमध्ये करिब ३० प्रतिशत बालबालिका छन्,’ डा. पौडेलले भने। उनका अनुसार अस्पतालले तीन वर्षदेखि ६७ वर्ष उमेर समूहसम्मका बिरामीलाई बोनम्यारो प्रत्यारोपण सेवा उपलब्ध गराएको छ।

७० प्रतिशतमा आफन्त डोनर

बोनम्यारो प्रत्यारोपण मुख्यतः बिरामीकै शरीरबाट संकलन गरिएको स्टेम सेल वा उपयुक्त आफन्त डोनरको सहयोगमा गरिन्छ। सिभिल अस्पतालमा गरिएको प्रत्यारोपणमध्ये करिब ७० प्रतिशतमा परिवारका सदस्य डोनर बनेका छन्।

‘बोनम्यारो प्रत्यारोपण दुई प्रकारले गरिन्छ। एउटा बिरामीकै शरीरबाट संकलन गरिएको कोषिका प्रयोग गरेर र अर्को परिवारका सदस्यसँग म्याच भएपछि डोनरको सहयोगमा,’ डा. पौडेलले बताए।

सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न डा. पौडेलको महत्वपूर्ण भूमिका रहेको अस्पतालले जनाएको छ। यस सेवाका लागि उनले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस, सिकागोमा चिकित्सकहरूको टोलीसँग तालिम लिएका थिए। तालिमपछि नेपाल फर्केर २०७३ साउन ३० गतेदेखि सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गरिएको थियो।

कुन–कुन रोगमा आवश्यक पर्छ प्रत्यारोपण?

रक्त क्यान्सर तथा विभिन्न गम्भीर रक्तजन्य रोगका बिरामीलाई बोनम्यारो प्रत्यारोपण आवश्यक पर्न सक्छ। ल्युकेमिया, मल्टिपल माइलोमा, लिम्फोमा, एप्लास्टिक एनिमिया, थालेसिमिया तथा सिकल सेल एनिमिया जस्ता रोगमा यो उपचार विधि प्रयोग गरिन्छ।

बोनम्यारो हड्डीभित्र रहेको नरम तन्तु हो, जसले शरीरका महत्वपूर्ण रक्तकोषिका उत्पादन गर्न भूमिका खेल्छ। यसले रातो तथा सेतो रक्तकोषिका उत्पादनमा सहयोग पुर्‍याउँछ। रातो रक्तकोषिकाले शरीरमा अक्सिजन पुर्‍याउने काम गर्छ भने सेतो रक्तकोषिका रोगसँग लड्ने प्रतिरक्षा प्रणालीको महत्वपूर्ण हिस्सा हुन्।

१० देखि १५ लाख रुपैयाँसम्म लागत

विश्वभर बोनम्यारो प्रत्यारोपणलाई जटिल तथा महँगो उपचार प्रक्रियाका रूपमा लिइन्छ। सिभिल अस्पतालले भने यो सेवा करिब १० लाखदेखि १५ लाख रुपैयाँसम्मको लागतमा उपलब्ध गराउँदै आएको जनाएको छ।

हाल सिभिल अस्पताल नेपालमा सरकारी स्तरबाट बोनम्यारो प्रत्यारोपण सेवा उपलब्ध गराउने अस्पतालका रूपमा रहेको छ। अस्पतालले आगामी दिनमा सेवा विस्तार गर्दै थप बिरामीलाई उपचारको पहुँचमा ल्याउने लक्ष्य राखेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

सम्बन्धित

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

कमलेश अग्रवालको टिप्पणी : ‘राम्रो कानुन बन्छ, तर कार्यान्वयनमा कर्मचारीतन्त्रले मर्म नै मारिदिन्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu