ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’


ABC NEWS
७ भदौ २०८३, आइतबार   ८ : ४५   बजे

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा युवा कलाकारहरूको सक्रिय सहभागितामा नेवार समुदायको मौलिक सांस्कृतिक नृत्य घोडा नाच प्रदर्शन गरिएको छ। एक महिना लामो बर्खे नाचअन्तर्गत आइतबार प्रदर्शन गरिएको यो नाचले स्थानीयवासी र दर्शकको ध्यान आकर्षित गरेको छ।

नेपाल भाषा मंकाःखलःअन्तर्गतको ल्याम्हः पुचःमा आबद्ध युवा कलाकारहरूले नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले घोडा नाच प्रदर्शन गरेका हुन्।

ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठका अनुसार परम्परागत संस्कृति संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले पनि लिनुपर्ने भएकाले युवाहरू नै नाच र बाजागाजामा सक्रिय भएका छन्।

उनले भने, “मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने जिम्मेवारी युवाहरूको पनि हो। त्यसैले बर्खे नाचअन्तर्गत घोडा नाच प्रदर्शन गरेका हौँ। नाच्ने र बाजा बजाउने अधिकांश कलाकार युवा नै छन्।”

चार वर्षदेखि निरन्तर प्रदर्शन

बेनीमा घोडा नाचको संरक्षण र पुस्तान्तरणका लागि विगत चार वर्षदेखि नियमित रूपमा प्रदर्शन गर्दै आएको श्रेष्ठले बताए। आधुनिक मनोरञ्जनका साधनको विस्तारसँगै परम्परागत नाच, बाजा र सांस्कृतिक अभ्यासप्रति नयाँ पुस्ताको आकर्षण घट्न सक्ने चुनौती रहेकाले युवालाई नै सांस्कृतिक अभियानमा जोड्ने प्रयास गरिएको उनको भनाइ छ।

घोडा नाच नेवार समुदायको मौलिक सांस्कृतिक प्रस्तुतिमध्ये एक हो। यसमा एकजना कलाकार घोडाको भेषमा प्रस्तुत हुन्छन् भने अर्का कलाकार गोठालोको भूमिकामा देखिन्छन्। संगीत र बाजाको तालसँगै घोडा र गोठालोबीचको रमाइलो प्रस्तुति नाचको मुख्य आकर्षण बन्ने गरेको छ।

बालकलाकारहरू समेत हातमा घाँसका मुठा लिएर घोडालाई देखाउँदै प्रस्तुतिमा सहभागी हुन्छन्। यसले नाचलाई थप जीवन्त र मनोरञ्जनात्मक बनाउने गरेको आयोजकहरूले बताएका छन्।

बजार परिक्रमा गर्दा दर्शकको भीड

बेनी बजारमा घोडा नाच प्रदर्शन गरिएपछि स्थानीयवासी तथा बजारमा आएका सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो। कलाकारहरूले नाच प्रस्तुत गर्दै बजार परिक्रमा गर्ने परम्परा रहेको छ।

बर्खे नाच केवल मनोरञ्जनको माध्यम मात्र नभई नेवार समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र पुस्तान्तरणसँग जोडिएको परम्परा पनि हो। स्थानीयस्तरमा यस्ता नाचको नियमित प्रदर्शन हुँदा नयाँ पुस्ताले आफ्नो समुदायको इतिहास, संस्कृति र कलात्मक परम्पराबारे प्रत्यक्ष रूपमा जान्ने अवसर पाउने विश्वास गरिएको छ।

ल्याम्हः पुचःका अनुसार हरितालिका तीजसम्म नेवार समुदायका विभिन्न मौलिक नाचहरू प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

परम्परागत संस्कृति संरक्षणमा युवाको बढ्दो सहभागिताले बेनीमा नेवार समुदायको मौलिक कला र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासलाई थप बल पुगेको स्थानीयवासीहरूको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

तिशा शाक्य बनिन् ‘मिस नेवाः नेपाल ११४६’

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक

जमलको टप दरबार रोधीमा तीनदिने लोकदोहोरी मेला आज समापन हुँदै

‘बाः एक योद्धा’को प्रशंसामा सुहाना, भनिन्– ‘यो बाआमाको त्याग र सन्तानको भविष्यको कथा हो’

‘मिसेस नेपाल’को ताज रिता तामाङलाई, चार विधामा उपाधि

‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा पनि रिलिज हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu