काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा युरो र बेलायती पाउन्डको मूल्य केही घटेको छ। यता अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको विनिमयदर भने बढेको छ।
राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। अमेरिकी डलरको यो विनिमयदर अघिल्ला दुई दिनकै बराबर हो।
यसअघि गत जेठ ७ गते अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च विनिमयदर हो।
यता युरोको मूल्य भने घटेको छ। सोमबार एक युरोको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा तोकिएको छ। अघिल्लो दिन युरोको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा रहेको थियो।
त्यस्तै, बेलायती पाउन्ड स्ट्रलिङको मूल्य पनि सामान्य घटेको छ। सोमबार एक पाउन्डको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा कायम गरिएको छ। आइतबार यसको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा थियो।
अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ। सोमबार एक अस्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा रहेको थियो।
कुवेती दिनारको विनिमयदर भने स्थिर रहेको छ। एक कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९५ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा बहराइन दिनारको विनिमयदरमा सामान्य परिवर्तन देखिएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन्। अद्यावधिक विनिमयदर राष्ट्र बैंकले नियमित रूपमा सार्वजनिक गर्दै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्