ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिनीमा फोहोरको पहाड खसेर ३० जनाको मृत्यु, २२ घाइते


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : १५   बजे

कोनाक्री, गिनी । गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको थुप्रो भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान करिब २ बजे सहरको दार–एस–सलाम क्षेत्रमा फोहोरको ठूलो थुप्रो अचानक भत्किएर नजिकैका घरहरूमा खसेको हो।

गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको पहाड भत्किएको हो। त्यस क्रममा धेरै मानिस फोहोर र भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। उद्धार तथा राहतका लागि सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ।

एक महिलाले स्थानीय सञ्चारमाध्यमसँग आफ्ना पाँच सन्तान फोहोरको थुप्रोले पुरिएर मृत्यु भएको बताएकी छन्। अधिकारीहरूले भग्नावशेषमुनि अझै मानिसहरू फसेको हुन सक्ने आशंका गरेका छन्। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ।

गिनीका प्रधानमन्त्री अमाडोउ ओरी बाले घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिएका छन्।

उद्धार तथा राहत

घटनापछि उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गरिएको छ। सुरक्षाकर्मीले फोहोर हटाएर भग्नावशेषमुनि फसेकाको खोजी तथा उद्धार गरिरहेका छन्।

घाइतेहरूलाई नजिकका अस्पतालमा लगेर उपचार भइरहेको छ। सरकारले मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

अमेरिकाको ‘ठुलो आर्थिक आक्रमण’को धम्कीलाई इरानले सैन्य असफलताको संकेत भन्यो

अमेरिकाले इरानविरुद्ध ठुलो आर्थिक नाकाबन्दी लगाउने घोषणा

अमेरिकाको चेतावनी : ‘ट्रम्पसँग व्यापार युद्ध जित्ने सोच्नु क्यानाडाको मूर्खता’

गिनीमा भीषण दुर्घटना : फोहोरको पहिरोले टहरा पुरिँदा कम्तीमा ३० जनाको मृत्यु

होर्मुजमा इरानको नयाँ दाबी: विदेशी जहाजबाट सेवा शुल्क असुल्ने कानुन पारित

तेहरान जाँदै पाकिस्तानी सेना प्रमुख आसिम मुनिर, इरानसँग सुरक्षा र द्विपक्षीय सहकार्यमा केन्द्रित हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu