तनहुँ । व्यास नगरपालिका–१२, छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ। आइतबार साँझ खसेको पहिरोले राजमार्गको एक लेन अवरुद्ध भएको प्रहरीले जनाएको छ।
एक लेनबाट मात्रै सवारीसाधन सञ्चालन गर्नुपर्दा यातायात आवतजावतमा असहजता भएको छ। प्रहरीले सडकमा पहिरोको जोखिम रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।
पहिरो खसेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ।
प्रहरी टोलीले आवश्यक उपकरणको प्रयोग गरी पहिरो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। पहिरोका कारण केही समय राजमार्गमा यातायात प्रभावित हुन सक्ने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्