ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेशमा कर्मचारी सरुवा प्रक्रिया अनलाइन भयो


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : १५   बजे

विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारी सरुवा प्रक्रियालाई प्रविधिमैत्री र पारदर्शी बनाउन एकीकृत सरुवा व्यवस्थापन प्रणाली (Integrated Transfer Management System–ITMS) कार्यान्वयनमा ल्याएको छ । प्रदेश तहमा कर्मचारी सरुवाका लागि एकीकृत डिजिटल प्रणाली प्रयोग गर्ने यो नेपालमै पहिलो प्रयास भएको प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेशको सुशासन तथा डिजिटल रूपान्तरण अभियानअन्तर्गत सामाजिक विकास मन्त्रालयले भदौको पहिलो सातादेखि ITMS मार्फत काम सुरु गरेको हो । सामाजिक विकास मन्त्रालयका सचिव विष्णुप्रसाद कोइरालाले प्रणालीमार्फत सरुवाको निर्णय गर्दै यसको औपचारिक सुरुवात गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद रिसालका अनुसार प्रणाली कार्यान्वयनसँगै प्रदेशको प्रशासनिक सुधारमा महत्वपूर्ण उपलब्धि थपिएको छ । उनका अनुसार यसले कर्मचारी सरुवामा हुने कागजी झन्झट, ढिलासुस्ती तथा व्यक्तिगत पहुँचका आधारमा हुने निर्णयलाई निरुत्साहित गर्दै प्रक्रियालाई प्रमाणमा आधारित र पारदर्शी बनाउन सहयोग गर्नेछ ।

मुख्यमन्त्री कार्यालयका कम्प्युटर अधिकृत विनय भास्कर दत्तका अनुसार प्रदेश तहमा कर्मचारी सरुवाका लागि एकीकृत डिजिटल प्रणाली प्रयोग गरिएको यो पहिलोपटक हो ।

अनलाइन आवेदनदेखि डिजिटल रमाना

ITMS मार्फत कर्मचारीले सरुवाका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् । आवेदनमाथि सम्बन्धित निकायले प्रणालीभित्रैबाट निर्णय गर्ने र सरुवा पत्रसमेत स्वचालित रूपमा तयार हुने व्यवस्था गरिएको छ ।

त्यस्तै, डिजिटल रमाना र हाजिरी अद्यावधिक पनि प्रणालीमार्फत नै गर्न सकिनेछ । कुन कर्मचारी कुन कार्यालयमा कार्यरत छन्, दरबन्दीको अवस्था कस्तो छ र सरुवाको प्रक्रिया कहाँ पुगेको छ भन्ने विवरणसमेत ‘रियल टाइम’मा हेर्न सकिने प्रदेश सरकारले जनाएको छ ।

सचिव रिसालका अनुसार प्रणालीले दरबन्दी तथा पदस्थापनमा हुने दोहोरोपन हटाउन र रिक्त दरबन्दीको वास्तविक अवस्था पहिचान गर्न सहयोग गर्नेछ ।

स्थानीय तहसम्म विस्तार गरिने

प्रदेशस्तरबाट सुरु गरिएको प्रणालीलाई आगामी दिनमा स्थानीय तहसम्म विस्तार गर्ने प्रदेश सरकारको योजना छ । यसबाट प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको विवरण एकीकृत र व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोशी प्रदेश सरकारले ‘डिजिटल प्रदेश’को अवधारणाअनुसार यसअघि नै सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइसकेको छ । यस्तै, ‘योजना बैंक’ र ‘मुख्यमन्त्री ड्यासबोर्ड’ जस्ता डिजिटल प्रणालीसमेत सञ्चालनमा ल्याइएको प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई प्रविधिमैत्री प्रशासनको क्षेत्रमा अगाडि बढाउने सरकारको नीति रहेको बताए । उनले सरकारका सेवा तथा प्रशासनिक कामलाई क्रमशः पूर्ण रूपमा डिजिटल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

३ हजार २०० कर्मचारी कार्यरत

कोशी प्रदेशमा करिब ४ हजार कर्मचारीको दरबन्दी रहेकोमा हाल झन्डै ३ हजार २०० कर्मचारी कार्यरत छन् । सीमित जनशक्तिबाट प्रशासनिक कामलाई छिटो, छरितो र पारदर्शी बनाउन ITMS ले सहयोग गर्ने प्रदेश सरकारको अपेक्षा छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

‘सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फर्किन्छ ?’— सांसद गच्छदार

गोदावरी घटनामा ‘हत्या’को आरोप : एमाले प्रमुख सचेतक महरले संसद्मा उठाए प्रश्न

कञ्चनपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सांसदलाई प्रभावकारी बनाउन नेकपाको प्रशिक्षण, एआईदेखि गलत सूचना पहिचानसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu