ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या आरोपमा सौतेनी आमा पक्राउ


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : २५   बजे

जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिकाको हत्या भएको छ। प्रहरीले बालिकाको हत्या आरोपमा उनकी १९ वर्षीया सौतेनी आमा मुस्कान खातुनलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काका अनुसार मोहम्मद इरफानकी छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। खोजी गर्ने क्रममा करिब दुई घण्टापछि घर पछाडिको झाडीमा उनको शव फेला परेको थियो।

प्रहरीले शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ। एसपी खड्काका अनुसार बालिकाको शरीरमा बाहिरबाट देखिने घाउचोट छैन। प्रारम्भिक अनुसन्धानका क्रममा सौतेनी आमाको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।

पारिवारिक विवादको पृष्ठभूमि

मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा रहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार इरफानकी जेठी र कान्छी पत्नीबीच लामो समयदेखि विवाद थियो। शनिबार पनि उनीहरूबीच झगडा भएको र पारिवारिक सम्पत्तिको विषयमा विवाद हुने गरेको बताइएको छ।

पुख्र्यौली घरमा इरफानकी जेठी पत्नी र छोरी खुशी बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान नजिकै डेरा लिएर बस्दै आएकी थिइन्।

स्थानीयको प्रदर्शन

बालिकाको हत्या भएको विरोधमा स्थानीयले आइतबार दिउँसो केही समय रुपनी बजार बन्द गराएका थिए। दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शनसमेत गरेका थिए।

प्रहरीका अनुसार अहिले रुपनी बजार र राजमार्गमा भएको अवरोध हटिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nigerian Anticorruption Agency Sacks Over 40 Staff for Misconduct

Nepal’s Parliament Passes Special Motion on Bhotekoshi Flood Victims

Nepali Leader Urges Unity for Rescue Efforts Post-Devastation

A Strong Welfare State Changes the Meaning of Unemployment

Ridley Scott’s ‘The Dog Stars’ Criticized for Lackluster Postapocalyptic Thrills

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu