ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : ३५   बजे

मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले सोमबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेश सभा सदस्यलाई निर्देशन दिनुभएको हो।

प्रमुख सचेतक तामाङद्वारा जारी ह्विपमा विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र बैठकमा अनुपस्थित नहुन निर्देशन दिइएको उल्लेख छ।

राप्रपाका प्रदेश सभा सदस्य तथा पूर्वप्रदेश सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टी केन्द्र र प्रमुख सचेतकबाट ह्विप जारी भएको बताउनुभयो।

सरकारमा सहभागितालाई लिएर विवाद

राप्रपामा प्रदेश संसदीय दल र पार्टी केन्द्रबीच विवाद चलिरहेका बेला ह्विप जारी भएको हो। पार्टी केन्द्रको निर्णयविपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी हुने निर्णय गरेपछि विवाद बढेको हो।

एमाले नेतृत्वको सरकारमा राप्रपाका तीन प्रदेश सभा सदस्य गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्रीका रूपमा सहभागी हुनुहुन्छ।

राप्रपा केन्द्रीय अनुशासन समितिले संसदीय दलका नेता उद्धव थापासहित सरकारमा सहभागी मन्त्रीहरूमाथि कारबाही तथा स्पष्टीकरणको प्रक्रिया अघि बढाएको छ। पार्टी केन्द्रको निर्णय र सहमतिविना सरकारलाई समर्थन गरेको भन्दै उनीहरूमाथि अनुशासनसम्बन्धी प्रक्रिया अघि बढाइएको हो।

सोमबार विश्वासको मत

नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची छ।

बागमती प्रदेश सभामा राप्रपाका १२ जना प्रदेश सभा सदस्य छन्। पार्टीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेपछि मुख्यमन्त्री थापाको विश्वासको मतमा राप्रपाका प्रदेश सभा सदस्यहरूको भूमिका महत्वपूर्ण हुने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Former Syrian Grand Mufti Sentenced To Life In Prison

Kazakhstan’s Ruling Party Secures Landslide Victory in Parliamentary Election

James Hansen Warns of ‘Super-Duper El Niño’ and Escalating Climate Crisis

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

‘सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फर्किन्छ ?’— सांसद गच्छदार

गोदावरी घटनामा ‘हत्या’को आरोप : एमाले प्रमुख सचेतक महरले संसद्मा उठाए प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu