ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुर घटनाको स्मरण गर्दै विकास र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : ३५   बजे

टीकापुर । २०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै स्थानीय जनप्रतिनिधि तथा थारू अगुवाले टीकापुरको विकास, थारू समुदायको अधिकार र न्यायका लागि काम गर्नुपर्ने बताएका छन्।

थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले टीकापुर घटनापछि थारू समुदायले भोग्दै आएको कानुनी तथा सामाजिक समस्याको समाधान गर्नुपर्नेमा जोड दिए।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले टीकापुर घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निर्दोष थारू समुदायले मुद्दा खेप्नुपरेको अवस्था दुःखद रहेको बताए। उनले प्राप्त अधिकारको संरक्षण गर्दै बाँकी माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले टीकापुर घटनाका कारण क्षेत्रको विकास प्रभावित भएको भन्दै सरकारले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताए। उनले टीकापुरलाई विकासमा पछाडि पर्न नदिन प्रदेश सरकारले पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिए।

थारू बहुल क्षेत्रमा बजेट बढाउन माग

चौधरीले थारू बहुल क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभए सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। उनले टीकापुर घटनाअघि नै थारू समुदायले पहिचानसहितको सङ्घीयताको माग गर्दै आन्दोलन गरिरहेको बताए।

थरुहट आन्दोलनका अगुवा माधव थारूले राज्यबाट भएको दमनविरुद्धको आक्रोशकै परिणाम टीकापुर घटना भएको दाबी गरे। उनले टीकापुर घटनालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने धारणा राखे।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

कार्यक्रममा थारू पहिचानसहितको सङ्घीयता, पूर्ण समावेशी व्यवस्था र टीकापुर घटनापछि थारू युवामाथि लगाइएका मुद्दा पुनरावलोकन तथा खारेज गर्न माग गरिएको छ।

त्यसैगरी टीकापुर घटनाको अध्ययन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए। उनले थारू समुदायले न्याय र अधिकार पाउनुपर्ने भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताए।

टीकापुरको विकासमा जोड

रेशमलाल चौधरीले टीकापुर घटनाका कारण क्षेत्रको विकास पछाडि परेको दाबी गर्दै टीकापुरको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता जनाए। उनले टीकापुर घटनामा आफूलाई बाह्य तत्वले फसाएको दाबी पनि गरे।

कार्यक्रममा थारू कल्याणकारिणी सभाका नेता तथा जनप्रतिनिधिले पार्टीको ब्यानरमा कार्यक्रम गरिएको भन्दै चौधरीको विरोधसमेत गरेका थिए।

२०७२ सालमा संविधान जारी हुनुअघि थारू समुदायले पहिचानसहितको छुट्टै प्रदेशको माग गर्दै आन्दोलन गरेको थियो। सो क्रममा भदौ ७ गते टीकापुरमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा एक बालकको मृत्यु भएको थियो।

घटनापछि रेशमलाल चौधरी फरार भएका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पछि अदालतमा आत्मसमर्पण गरेका चौधरी टीकापुर घटनामा दोषी ठहर भई जेल परेका थिए।

पछि राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका चौधरीको राजनीतिक गतिविधि भने निरन्तर रहँदै आएको छ। टीकापुर घटनापछि थारू समुदायको अधिकार, राजनीतिक प्रतिनिधित्व, न्याय र विकासका विषयमा बहस अझै जारी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Former Syrian Grand Mufti Sentenced To Life In Prison

Kazakhstan’s Ruling Party Secures Landslide Victory in Parliamentary Election

James Hansen Warns of ‘Super-Duper El Niño’ and Escalating Climate Crisis

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

‘सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फर्किन्छ ?’— सांसद गच्छदार

गोदावरी घटनामा ‘हत्या’को आरोप : एमाले प्रमुख सचेतक महरले संसद्मा उठाए प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu