ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ


ABC NEWS
८ भदौ २०८३, सोमबार   १ : ४५   बजे

लमजुङ । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षाअनुसार पार्टीको नीति, विचार, कार्यशैली तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको १३औँ बैठकलाई सोमबार बेँसीसहर नगरपालिका–८ स्थित मदन–आश्रित स्मृति भवनमा सम्बोधन गर्दै गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन आवश्यक पुनर्गठन र सुधारको खाँचो औँल्याए।

उनले पार्टी संगठनलाई जनतासँग अझ मजबुत रूपमा जोड्दै कार्यकर्तालाई सक्रिय, जिम्मेवार र प्रभावकारी ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिए। बदलिँदो राजनीतिक परिवेश र जनताका अपेक्षालाई सम्बोधन गर्न पार्टीको कार्यशैलीमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

गुरुङले पार्टीका गतिविधि जनताका समस्या, आवश्यकता र सरोकारसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने धारणा राखे।

बैठकमा एमाले केन्द्रीय सचिव खगराज अधिकारीले जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्ने बताए। पार्टीभित्र भएका गल्ती र कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले विगतको समीक्षा गर्दै संगठनलाई थप जनमुखी, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार ढङ्गले संगठन सुदृढीकरण अभियानमा जुट्नुपर्ने बताए।

एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पनि पार्टी संगठनलाई थप व्यवस्थित, चलायमान र जनमुखी बनाउनुपर्ने धारणा राखे। पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा जनस्तरसम्म पुर्‍याउनुपर्ने उनीहरूको भनाइ थियो।

बैठकमा जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा जिल्ला कमिटीबाट सञ्चालन भएका कार्यक्रम र गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनका विषयमा समेत जानकारी गराए।

बैठकसँगै ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको न्याय प्रशासन सुधार प्रतिवेदन अन्तिम चरणमा, यसै साता बुझाइने तयारी

आरोपित नाबालकको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ, बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सर्वोच्चको न्याय प्रशासन सुधार प्रतिवेदन अन्तिम चरणमा, यसै साता बुझाइने तयारी

सहकारी ठगीको राजनीतिक जालोमाथि मनोज भट्टको अनुसन्धानमूलक पुस्तक आउँदै

आरोपित नाबालकको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ, बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान

हिंसा र अराजकता बढ्दै जाँदा सरकारप्रतिको जनविश्वास घट्यो : सांसद अमरेशकुमार सिंह

प्रचण्ड बहुमत हुँदाहुँदै सरकारलाई काम गर्न के ले छेकेको छ ? : पद्मा अर्याल

Ukrainian Monk Killed, Two Injured in Monastery Attack

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu