ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको औपचारिक पत्र, उपसभामुखलाई बुझाइयो आठ कागजात


ABC NEWS
८ भदौ २०८३, सोमबार   २ : ०५   बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा सदस्य उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै प्रदेश सभामा औपचारिक पत्र बुझाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको पत्र बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले सोमबार प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंलाई बुझाएकी हुन्।

राप्रपाको केन्द्रीय कार्यालयबाट भदौ ८ गते जारी गरिएको पत्रमा उद्धव थापाले पार्टीको निर्णय, नीति र निर्देशनविपरीत बागमती प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि पार्टीका सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष स्वेच्छाचारी रूपमा पत्र बुझाएको आरोप लगाइएको छ।

पार्टीले थापाको उक्त कदमलाई पार्टीको नीति, निर्देशन र विधानविपरीत भएको तथा अनुशासनको गम्भीर उल्लंघन भएको दाबी गरेको छ। सोही आधारमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले उनलाई बागमती प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

अनुशासन समितिको सिफारिसपछि कारबाही

राप्रपाका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको भदौ ४ गते बसेको बैठकले अनुशासन समितिको सिफारिसका आधारमा उद्धव थापालाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो।

थापामाथि कारबाहीको माग गर्दै बुझाइएको पत्रसँगै राप्रपाले कारबाही प्रक्रियासँग सम्बन्धित आठ वटा कागजातसमेत प्रदेश सभामा पेस गरेको छ।

ती कागजातमा साउन २० गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय, साउन २१ गतेको बागमती प्रदेशसभा संसदीय दलको निर्णय, भदौ १ गते संसदीय दललाई पार्टीले दिएको निर्देशन तथा सोही दिनको संसदीय दलको निर्णय समावेश छन्।

त्यस्तै, अनुशासन समितिले उद्धव थापासँग मागेको स्पष्टीकरण, कारबाहीसम्बन्धी समितिको सिफारिस, भदौ ३ गते बागमती प्रदेश प्रमुखलाई पठाइएको पत्र र भदौ ४ गते केन्द्रीय कार्यसम्पादन समितिले उनलाई पदमुक्त गर्ने निर्णयको प्रतिलिपिसमेत प्रदेश सभामा बुझाइएको छ।

मुख्यमन्त्री नियुक्तिदेखि पदमुक्तिको मागसम्म

यसअघि राप्रपा केन्द्रले पार्टीको निर्णयविपरीत बागमती प्रदेशमा एमाले संसदीय दलका नेता किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको आरोपमा उद्धव थापामाथि कारबाही प्रक्रिया अघि बढाएको थियो।

राप्रपा केन्द्रले बागमती प्रदेश सरकार गठनमा पार्टीको आधिकारिक सहभागिता वा समर्थन नरहेको स्पष्ट गर्दै आएको छ। तर, संसदीय दलका नेता थापाले पार्टीका सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्तिका लागि समर्थन पत्र बुझाएपछि केन्द्र र प्रदेश संसदीय दलबीचको विवाद चर्किएको हो।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले यसअघि नै उद्धव थापामाथि कारबाही नभएसम्म प्रदेश सभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिएकी थिइन्।

अब राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै पदमुक्त गर्न औपचारिक पत्र बुझाएपछि बागमतीको सत्ता राजनीतिसँगै उद्धव थापाको सांसद पदसम्बन्धी विवाद थप पेचिलो बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारीमा न्यूजिल्यान्ड

प्रधानमन्त्री मुस्ताङ किन गए ? हर्क साम्पाङले संसद्मै मागे जवाफ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकालाई सहयोग गर्ने देशविरुद्ध कडा कारबाहीको इरानी चेतावनी

१६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारीमा न्यूजिल्यान्ड

प्रधानमन्त्री मुस्ताङ किन गए ? हर्क साम्पाङले संसद्मै मागे जवाफ

तेस्रो एसियाड खेल्दै आर्हन्त र विपना, स्क्वासमा सुखद नतिजाको आशा

बलात्कारी र भ्रष्टाचारीलाई ‘घटनास्थलमै गोली हान्ने’ कानुन बनाउन सांसद खगेन्द्र सुनारको माग

सर्वोच्चको न्याय प्रशासन सुधार प्रतिवेदन अन्तिम चरणमा, यसै साता बुझाइने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu