ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु


ABC NEWS
८ भदौ २०८३, सोमबार   २ : १५   बजे

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान बेदकोट नगरपालिका–६, सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा से ३ प ५२७४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका–९ का ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो।

पछि थप उपचारका लागि धनगढीस्थित टेक केयर अस्पताल प्रालिमा पठाइएकोमा उपचारकै क्रममा महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

यता, मोटरसाइकलको ठक्करबाट पैदलयात्री डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्ना पनि घाइते भएका छन्। उनको टाउकोमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

‘सरकार फेरिँदैमा राष्ट्रिय प्राथमिकता फेरिनु हुँदैन’ : सांसद रमेशकुमार मल्ल

सम्बन्धित

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

वीरगञ्जमा प्रोटोनको नयाँ सोरुम, ‘अल–न्यू इ.मास ५’ सार्वजनिक

नेपाली बजारमा ‘न्यू ब्रेजा’ सार्वजनिक, टर्बो इन्जिनदेखि नयाँ सुरक्षा फिचरसम्म

सहकारी ठगीको राजनीतिक जालोमाथि मनोज भट्टको अनुसन्धानमूलक पुस्तक आउँदै

कोसी कटानबाट विस्थापितको पीडा नसुनेको भन्दै सांसद गेलालको आक्रोश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu